मंगोल नेशनल अर्गनाइजेशनले रघुगंगा गाउँपालिका अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ ।अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रघुगंगा गाउँपालिका–४, दर्मिजा निवासी तुल प्रसाद गर्बुजा (तार्जन) लाई सर्वसम्मत रूपमा उम्मेदवार छानेको जिल्ला अध्यक्ष डेकबहादुर पुन (डिके पुन)ले बताउनुभयो ।

‘अब जिल्लाभरका बाँकी उम्मेदवारको अन्तिम तयारीमा छौ,‘यसपटक उत्साहजनक उपस्थितिले भविस्यमा सहज हुने अवस्था छ’ अध्यक्ष पुनले भन्नुभयो ।

हालसम्म बेनी नगरपालिका बाहेक पाँचवटै गाउँपालिका अध्यक्षको उम्मेदवारी टुंगो लागिसकेको छ भने मालिका गाउँपालिकामा ६ वडा, बेनी नगरपालिका २ वडा, धवलागिरी गाउँपालिका ३ वडा, अन्नपूर्ण गाउँपालिका ५ वडा र रघुगंगा गाउँपालिकामा ३ वडा अध्यक्षको उम्मेदवारी टुंगो लागेको छ भने बेनपाको शुक्रबार उम्मेदवार सार्वजनिक गरिने अध्यक्ष पुनले बेनीअनलाइनलाई बताउनुभयो ।

बेनपा बाहेक पाँचवटै गाउँपालिकामा सकेसम्म सबै वडामा उम्मेदवारी दिने गरी उम्मेदवार छनौटमा रहेको मंगोल नेशनल अर्गनाइजेशनले जनाएको छ । बेनी नगरपालिका–७,बिरेन्द्रचोक पार्टी कार्यालय रहेको मंगोलले चुनवाी अभियानलाई समेत तिब्रता दिएको छ । पहिलोपटक चुनावी मैदानमा उत्रिएको मंगोल नेशनल अर्गनाइजेशनले यसपटक उम्मेदवार छनौटले समेत कार्यकर्ताहरुमा थप सक्रियता बढेको जनाएको छ ।

Leave a Reply