नेपाली काँग्रेसबाट बेनी नगरपालिकाको मेयरको उम्मेद्धार भन्नुभएका चिरञ्जीवी शर्माले घोषणा पत्रका लागि राय सुझाव दिन आग्रह गर्नुभएको छ ।

नेपाली काँग्रेस म्याग्दीको पार्टी कार्यालयमा पत्रकारहरु संगको छलफलमा शर्माले समृद्ध र खुशी नगरपालिका बनाउनका लागि घोषणा पत्र तयार गर्नपहिलो चरणमा पत्रकाहरु संग छलफल गरेरको बताउदै सबैको सल्लाह सुझाव संकलन गरेर मात्र घोषणा पत्र बनाउने बताउनुभयो । उहाँले सबै बौद्धिक र सबै क्षेत्रका नागरिकहरुबाट आफ्नो लागि सुझाव दिन र ५ बर्षमा पुरा हुने र जनताका लागि आवश्यक योजनाहरु उपलब्ध गराउन सबैलाई अनुरोध गर्नुभएको छ ।

उक्त छलफलमा नगर सभापती रबिन्द्र कार्की (रबि)ले अहिले सबैबाट राय सुझाव संकलन गरि केही दिनमा नेपाली काँग्रेस बेनी नगरपालिकामा उम्मेद्धार बनेका उम्मेद्धारहरुको घोषणा पत्र सार्वजनिक गर्ने बताउनुभयोउहाँले नगरभित्र कस्ता योजनाहरु आवश्यक छन् नगरलाई कसरी समृद्ध नगर बनाउन सकिन्छ आम नागरिको आवश्यकताका आधारमा सबैले सझाव दिन आग्रह समेत गर्नुभयो ।

Leave a Reply