अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस मंगला गाउँपालिका-२ बावियाचौमा श्रीराम पौडेललाई सर्वसम्मत रूपमा उम्मेदवार छानेको छ ।

बिहिबार पार्टी कार्यालयमा भएको छलफलमा वडाभित्रका आकांक्षीको चाहना अनुसार जिल्ला सहसचिव समेत रहनुभएका पौडेललाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेसका सचिव हिरा पुनले बताउनुभयो ।
राजनीतिकसँगै सामाजिक कार्यमा समेत सक्रिय रहनुभएका पौडेल मंगला शिक्षा क्याम्पसको निर्वतमान संचालक समिति अध्यक्ष समेत हुनुहुन्छ ।

Leave a Reply