नेपाली कांग्रेस म्याग्दीले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा रघुगंगा गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेस म्याग्दीले प्रेमकुमारी पुनलाई उम्मेद्धार बनाउने निणर्य गरेको छ ।

शुक्रबार बिहान पार्टी कार्यालयमा बसेको बैठकले गाउँपालिको उपाध्यक्षमा आकांक्षी छ जना मध्ये रघुगंगा–६ कोटगाउँ निवासी प्रेमकुमारीलाई उपाध्यक्ष बनाउने निणर्य गरेको जिल्ला सचिव भरतबहादुर रकालले जानकारी दिनुभयो । उहाँका अनुसार बिहिबारको बैठकले पालिकाको अध्यक्षमा बालवाल अध्यक्ष भव बहादुर भण्डारीलाई नै दोहोर्याउने निणर्य गरिसकेको छ ।

Leave a Reply