बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा रघुगंगा गाउँपालिका– ३ पिप्लेको वडा अध्यक्षको उम्मेदवारमा नेकपा माओबादी केन्द्रबाट युवा नेता रेशम कटुवाललाई चयन गरेको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिले वडाअध्यक्षमा कटुवाललाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

कटुवाल अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य र पाटीको जिल्ला सदस्य हुनुहुन्छ । वडाअध्यक्ष पदको उम्मेदवारको आकांक्षीमा कटुवाल संगै वडा कमिटी अध्यक्ष नारायण सुवेदी हुनुहुन्थ्यो । वडा कमिटीबाट सर्वसम्मत हुन नसकेपछि गाउँपालिका कमिटीले आकांक्षी उम्मेदवारलाई जिल्ला समितिमा सिफासिर गरेको थियो ।

युवा नेता कटुवालले गाउँमा रहेका विद्यालयको शिक्षा सुधारमा नेतृत्व लिएर काम गर्दै आउनुभएको छ । कटुवालले माओवादीकै एजेण्डामा स्थापित संघीय व्यवस्था मार्फत जनतालाई विकास र शुसासनको अनुभुति दिलाउने प्रतिबद्धता सहित जनताको घरदैलोमा चुनाबी अभियान लिएर जाने बताउनुभएको छ । अध्यक्ष र महिला सदस्यबाहेक अन्य सदस्य पदको उम्मेदवार बैठक बसेर संवसम्मत रुपमा टुंगो लगाउने जनाउनुभएको छ।

Leave a Reply