अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रघुगंगा गाउँपालिका-६,मा नेपाली कांग्रेसले मनकुमार शेरपुञ्जालाई नै दोहोराउने भएको छ। शुक्रबार पार्टी कार्यालयमा रघुगांगा गाउँसमितिका सभापति समेत रहनुभएका शेरपुञ्जालाई सर्वसम्मत रूपमा उम्मेदवार छानेको पार्टी सचिब हिरा पुनले जानकारी दिनुभयो ।

वडा अध्यक्ष शेरपुञ्जाको कार्यकालमा वडा भित्र सडक विस्तार सहित अन्य विकास निर्माणका गतिविधिले तिब्रता पाएको अवस्थामा एकपटक पुनः वडा हाँक्न गरी अध्यक्षमा उम्मेदवारी बनाइएको वडा समितिले जनाएको छ । वडा अध्यक्ष शेरपुञ्जा पालिका अध्यक्षमा समेत आँकाक्षी हुनुहुन्थ्यो ।

पालिका अध्यक्षमा पार्टीले हालका अध्यक्ष भवबहादुर भण्डारीलाई बिहिबारको बैठकले दोहोराउने निर्णय गरेको थियो । वडा अध्यक्ष शेरपुञ्जाले बाँकी रहेका अधुरा काम गर्ने तथा वडालाई थप उचाईमा पुर्याउन एकपटक सबैको चाहना अनुसार अगाडी बढेको बताउनुभयो । गएको निर्वाचनमा शेरपुञ्जाले ४ सय ५७ मत प्राप्त गरी विजय हुनुभएको थियो ।

Leave a Reply