एकिकृत समाजवादी म्याग्दीले धवलागिरी गाउँपालिकाको अध्यक्षमा बम बहादुर पाइजालाई अध्यक्षमा उम्मेदवार बनाएको छ । पश्चिम म्याग्दी क्षेत्रका पुरना कम्यूनिष्ट नेताको रुपमा समेत चिनिने पाईजालाई आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा अध्यक्ष बनाउने निर्णय भएको पार्टीका नेता देउप्रसाद छन्त्यालले बताउनुभयो ।

नेकपा एमालेबाट विद्रोह गरी एकिकृत समाजवादीमा लाग्नुभएका पाईजाले समृद्ध धवलागिरि र सुखी धवलागिरिबासी बनाउने आफ्नो यात्रालाई सफल पार्न पालिकामा अत्याधिक मत दिएर विजय गराउन समेत अनुरोध गर्नुभएको छ ।

पार्टीको धवलागिरि गाउँपालिकाको अध्यक्ष समेत रहनुभएका पाईजा मुनाबासी हुनुहुन्छ । धवलागिरी भित्रका सबै वडा, बस्तीबस्तीमा पुगेकाले आफ्नो लागि चुनावी अभियान सहज र उत्साहपूर्ण हुने पाईजाको भनाई छ । नेकपा (एकीकृत समाजबादि) धवलागिरि गाउँकमिटीले चुनावी अभियानलाई तिब्रता दिने गरी पालिका भित्र अन्य उम्मेदवारलाई समेत टुंगो लगाउने जनाएको छ ।

Leave a Reply