---Advertisement---

बेनपा-७ मा स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठ द्वारा मनोनयन दर्ता

On: April 24, 2022 4:11 PM
Follow Us:

बेनी नगरपालिका-७,का नरेश श्रेष्ठले वडा अध्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएको छ । आज आइतवार जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर श्रेष्ठले वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएको हो। बेनीका सफल यूवा ब्यवसायी श्रेष्ठले समाज रुपान्तरण तथा समृद्ध वडा बनाउन युवा नेत्रृत्व आवश्यक रहेकाले उम्मेदवारी दिएको बताउनुभयो ।

म्याग्दीका सामाजिक तथा मानवीय सेवामा सक्रिय विभिन्न संघसंस्थामा आवद्ध श्रेष्ठले वडाभित्रका मतदाता माझ नजिकको सम्बन्ध रहेकाले एकपटक वडा अध्यक्षको रुपमा काम गर्ने चाहना रहेको बताउनुभयो । श्रेष्ठले चुनावमा विभिन्न पार्टीले टिकट दिन खोजे पनि स्वतन्त्र उम्मेदवारलाई सबै मतदाताको साथ र सहयोग हुने र स्वतन्त्र रुपमा मतदाताको चाहना अनुसार काम गर्न पाइने भएकाले उम्मेदवारी दिएको बताउनुभयो ।