नेकपा एमालेबाट धवलागिरी गाउँपालिकाको अध्यक्षमा थमसरा पुन र उपाध्यक्षमा प्रगति कार्कीले उम्मेदवारको टिकट पाउनुभएको छ । गण्डकी प्रदेश कमिटीले सोमवार बिहान धवलागिरीको उम्मेदवारको टुङ्गो लगाएको हो ।अध्यक्षको उम्मेदवार पुन धौलागिरी गाउँपालिकाका बहालवाला अध्यक्ष हुनुहुन्छ ।

नेकपा एमाले जिल्ला कमिटी उपसचिव समेत रहनुभएका पुन अखिल नेपाल महिला संघ म्याग्दीका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । त्यस्तै उपाध्यक्षका उम्मेदवार कार्की नेकपा एमाले जिल्ला कमिटी सदस्य हुनुहुन्छ ।

पालिका कमिटीले अध्यक्षमा ४ जना र उपाध्यक्षमा ७ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको थियो । जिल्ला कमिटीको गत चैत ३० गते बसेको वैठकले प्रदेशमा सिफारि गरेको थियो । प्रदेश कमिटीको वैठकले उहाँहरुलाई उम्मेदवारको टुङ्गो लगाएको नेकपा एमाले म्याग्दीका सचिव सुरत केसीले जानकारी दिनुभयो । पुन धवलागिरीका जनताले रुचाएका जनप्रतिनिधि हुनुहुन्छ । ५ बर्षको अवधिमा विपद व्यवस्थापन देखि लिएर जनताको हेरक दुखमा साथ दिएका पुन सेवाको राजनीतिमा विश्वास गर्ने कुशल नेतृ हुनुहुन्छ ।

Leave a Reply