बेनी नगरपालिका-७,का पूर्व अवकाश प्राप्त कर्मचारी कृष्णबहादुर शाक्यले वडा अध्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएको छ । सोमबार जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाक्यले वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएको हो।

बेनी नगरपालिकामा कार्यरत भई हाल अवकाशप्राप्त बेनपा–७, मंगलाघाट निवासी शाक्यले उम्मेदवारी घोषणापछि निर्वाचनको अभियानमा जुट्नुभएको थियो। “हाम्रो नगर राम्रो नगर, हाम्रो वडा समृद्ध र नमूना वडा निर्माणको लागि“ उम्मेदवारी दिएको शाक्यको भनाई छ।

‘सेवा निबृत्त भएपछि फुर्सदिलो समयमा वडालाई बनाउन चाहन्छु,‘हाम्रो वडामा मतदाता किन्न सक्ने अवस्था छैन्, यहाँका मतदाताले मेरो कामलाई नजिकबाट हेर्नुभएको छ’ शाक्यले भन्नुभयो । उहाँले उम्मेदवारी घोषणापछिको प्रतिबद्धता सहितका कार्यले आफुँ वडाभित्र एक्लो नभएकाले सम्पूर्ण वडाबासीको साथ र सहयोगबाट विजय हुने बताउनुभयो ।

मनोनयन दर्तापछि शाक्यले दलिय गठबन्धन र भागबण्डा गर्ने प्रबृत्ती बाट जनताले चाहे जस्तो ब्यक्ती निर्वाचित हुन नसक्ने भएकाले एकपटक वडाको सेवा लागि अवसर दिन समेत मतदातालाई अनुरोध गर्नुभएको छ । बेनपा–७ मा यसअगाडी यूवा ब्यवसायी नरेश श्रेष्ठले मनोनयनदर्ता गरी सक्नुभएको छ । दुई स्वतन्त्रका उम्मेदवारले दलका उम्मेदवारलाई असहज हुने निश्चित जस्तै छ ।

Leave a Reply