आसन्न स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ मा नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार कृष्णसिंह बानियाँको टोलीले घरदैलो अभियान सुरु गरेको छ ।

प्रचार अभियानमा अध्यक्षका उम्मेदवार बानियाँ सहित सदस्यका उम्मेदवारहरु शारदा थापा राना, राधिका विश्वकर्मा, ईश्वर पौडेल र कृष्णदत्त पौडेल रहनुभएको छ ।बिहिबार बिहान वडा नम्वर ६ को राहुवडा,फोहोटे, रिठाबोट लगायतका टोलमा घरघरमा पुगेर प्रत्येक मतदाता संग भोटको अपिल गरिएको वडा अध्यक्षका उम्मेदवार बानियाँले बताउनुभयो ।

वडा नम्वर ६ मा पहिलो चरणको टोल स्तरीय भेला सकिएको छ । १८ वटा टोलमा पुगेर समुहगत छलफल गरिसकिएको बानियाँले बताउनुभयो । नि. बर्तमान वडा अध्यक्ष समेत रहनुभएका बानियाँले मतदाताहरु समक्ष विगत पाँच बर्षमा आफ्नो नेतृत्वमा भएको काम र आगमी पाँच बर्षको योजना समेत प्रस्तुत गर्नुहुँदै एमालेका उम्मेदवारलाई जित गराउनका लागि सुर्यमा भोट गर्न सम्पुर्ण बेनपा ६ बासीहरुलाई अनुरोध गर्नुभएको छ ।

बानियाँले विगत पाँच बर्ष सम्म जनताको सेवकको रुपमा अहोरात्र खटेर उत्कृष्ट काम गरेकाले बेनी नगरपालिकामै लोकप्रीय जनप्रतिनिधिको रुपमा स्थापित हुनुहुन्छ । फेरी ५ बर्षको समयपनि जनताकै सुख दुखको सारथी बनेर बिताउन चाहेको बानियाँको भनाई छ ।

शिक्षित र विभेदरहित समाज निर्माण गर्ने बानियाँको मूख्य लक्ष हो । गरिवीका कारण पढ्न नपाएका धेरै बिद्यार्थीहरुलाई व्यक्तिगत खर्चमा बिद्यालय तथा क्याम्पस सम्मको अध्ययनमा बानियाँले सघाउँदै आउनुभएको छ ।

वडाको प्रत्यक टोलमा स्तरीय सडक निर्माण गर्ने, पढ्न नपाएका बालबालिकालाई पढ्ने वातावरण तयार गर्ने, प्राकृतिक प्रकोपहरुबाट नागरिकलाई सुरक्षित बनाउने, अशक्त, बालबालिका, जेष्ठ नागरिक हरुको सुरक्षाको प्रत्याभूति, उत्पीडनमा परेका बर्गहरुलाई सशक्तिकरण गरि समाजमा सवैको समान हैसियत बनाउने प्रतिवद्धता बानियाँको रहेको छ ।

Leave a Reply