आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बेनी नगरपालिकाका उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । नेपाली कांग्रेसका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदका उम्मेदवारले प्रसिद्ध धार्मिकस्थल गलेश्वर क्षेत्रमा भोट माग्न घरदैलो अभियानमा पुगेका छन् ।

नगरप्रमुखका उम्मेदवार चिरञ्जीवि शर्मा र उपप्रमुखका उम्मेदवार अमृतदेवी बानियाँ, वडा नं ९ का अध्यक्ष चक्रबहादुर थापा नेतासहित वडामा घरदैलो अभियान सुरु गरिएको पार्टीले जनाएको छ । टोलटोलमा पुगेर भोट मागिरहेका मेयरका प्रत्यासी शर्माले समृद्ध नगर बनाउने खाकामा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

‘मैले प्रतिबद्धतालाई कार्यान्वयन गर्छु,‘सबैको साथ र सहयोग आवश्यक छ’ मेयर शर्माले भन्नुभयो । वडामा सम्र्पक कार्यालय र चुनावी गतिविधि सुरु भइसकेको अवस्थामा वडाभित्रका उम्मेदवारहरुलाई समेत भ्याईनभ्याई भएको छ । नेपाली कांग्रेसले जिल्लाका सबै स्थानीय तहको वडावडामा अभियान सञ्चालन गरिरहेको छ।

Leave a Reply