बेनी नगरपालिका–७,को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका यूवा नरेश श्रेष्ठले उम्मेदवारी फिर्ता लिनुभएको छ । स्वतन्त्रबाट वडा अध्यक्षमा उम्मेदवारी घोषणा गरेपनि नगरपालिकाको हितका लागि फिर्ता लिएको श्रेष्ठको भनाई छ । उम्मेदवारी फिर्ता लिदैं नगरपालिका बनाउने प्रतिबद्धता पूरा नभएमा पुनः विद्रोहको ढोका खुल्ला राख्ने समेत श्रेष्ठको भनाई छ ।

‘यो मेरो कठोर निर्णय हो,‘मैले नगरपालिकालाई राम्रो बनाउने अभियानमा साथ दिनेछु’ श्रेष्ठले भन्नुभयो । बेनपा–७,मा श्रेष्ठको उम्मेदवारीले चर्चासंगै यसअगाडी वडामा स्वतन्त्रबाटै बेनी नगरपालिकाका पुर्व कर्मचारी कृष्णप्रसाद शाक्यले समेत उम्मेदवारी घोषणा गर्नुभएको थियो । हाल नेकपा एमालेले वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई पुनः उम्मेदवार बनाएको छ भने नेपाली काँग्रेस र माओवादीको साझा उम्मेदवारमा रमेश श्रेष्ठ रहनुभएको छ ।

Leave a Reply