जीवनको साढे दुई दशक राजनीतिमा सक्रिय पशुपति शाही बेनी नगरपालिकाकी महिला उपमेयरका लागि भोट माग्दै हुनुहुन्छ । बेनपा-६,शाहीलाई स्थानीय तहको निर्वाचनमा उहाँलाई नेकपा एमालेले बेनी नगरपालिकाको उपमेयरको उम्मेदवारमा अघि सारेको छ ।

एमालेबाट मेयरका उम्मेदवार सुरत केसी सहित शाही उपमेयरको उम्मेदवार बनी चुनावी मैदानमा होमिनु भएको हो । २०५३ सालमा नेकपा एमालेको साधारण सदस्यता लिनुभएकी शाहीले २०६३ सालमा सांगठनिक सदस्यता प्राप्त गर्नुभएको थियो । तत्कालिन वडा संयन्त्रमा पार्टीको प्रतिनिधित्व गर्नुभएकी शाही त्यसयता पार्टीको विभिन्न भूमिका तथा जिम्मेवारीमा रहेर कुशलतापूर्वक काम गर्नुभएको छ ।

नेकपा एमालेको ऐतिहाँसिक प्रथम राष्ट्रिय सम्मेलनमा जिल्लाबाट महाधिवेशन प्रतिनिधि हुनुभएकी उहाँ २०६२÷०६३ सालको जनआन्दोलनमा नेतृत्वदायी भूमिकामा हुनुहुन्थ्यो । हाल नेकपा एमाले जिल्ला कमिटीका सचिवालय सदस्य तथा अखिल नेपाल महिला संघकी जिल्ला कमिटी उपाध्यक्ष जिम्मेवारीमा रहनुभएकी शाही अन्तरपार्टी महिला संजालकी पूर्व जिल्ला अध्यक्ष समेत हुनुहुन्छ । समाजमा अगुवा महिलाको रुपमा रहेर शाहीले थुप्रै संघसंस्थाको नेतृत्व गरिसक्नुभएको छ ।

उहाँ अर्थुङ्गे ठुलो सल्लेरी सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी अर्थुङ्गे उपशाखाको कोषाध्यक्ष, जामुनाखर्च माध्यामिक विद्यालय व्यवस्थापन समितिको सल्लाहकार, भगवति आमा समुहको सल्लाहकार संयोजक, वडा नागरिक मञ्चको पूर्व संयोजक नारि जागृति महिला विकास सहकारी संस्थाको पूर्व उपाध्यक्ष एवम् हाल लेखा परिक्षण समितिका संयोजक समेत हुनुहुन्छ ।

शाहीले गाउँमा संचालन भएका विभिन्न विकास निर्माणको योजनाहरुमा पनि जिम्मेवारीमा रहेर काम गर्नुभएको छ । जामुनाखर्क कृषि समुहका अध्यक्ष समेत रहनुभएकी उहाँले मानवअधिकार तथा सामाजिक सेवाको क्षेत्रमा निरन्तर काम गर्दै आउनुभएको छ । ४६ बर्षीया शाहीले महिला सशक्तिकरण अन्तर्गत क्षमता तथा सिपको विकास गरि आत्मनिर्भर तथा उद्यमशिल बनाउने, कृषि तथा पशुपालनमा जोड दिने, स्थानीय उत्पादनलाई प्राथमिकता दिने, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सिचाई, लगायतको क्षेत्रमा उल्लेख्य विकास गरि नागरिकहरुको जीवन स्तर माथि उकास्ने खालका योजनाहरुलाई अघि सार्ने बताउनुहुन्छ ।

पाँच बर्षको समयमा जनताको सुख दुखमा हातेमालो गर्दै जनताको खास प्रतिनिधिको रुपमा जनभावना अनुसारका काम गर्ने अठोटका साथ आएकाले भोट गरि विजयी बनाउन उहाँले सम्पूर्ण नगरवासीहरुमा अनुरोध गर्नुभएको छ । २६ बर्ष सम्मको राजनैतिक र सामाजिक कार्यको अनुभवलाई समग्र नगरवासीको उत्थानका निम्ती उपयोग गर्ने शाहीको सोँच रहेको छ । समाजका सवै बर्ग र सवै क्षेत्रलाई जागरुक बनाई समृद्ध नगर निर्माण गर्न योजना बोकेर शाही नगरवासीको घरदैलोमा हुनुहुन्छ । अमृत विश्वकर्मा

Leave a Reply