म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रबाट उम्मेदवार बनेका उम्मेदवारहरु प्रचारप्रसारको साथमा आफ्नो योजना र प्रतिबद्धतालाई तिब्रता दिएका छन् ।

सोमबार नेपाली कांग्रेसले अन्नपूर्णकोे वडा नं. ३ दानामा चुनावी सभा सम्पन्न गरेको छ । नेपाली काँग्रेसबाट अन्नपूर्ण गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका क्या. बलबहादुर तिलिजाले अन्नपूर्णलाई समृद्ध र विकसीत पालिका निर्माण गर्नका लागि आफु पालिका अध्यक्षमा उम्मेदवार बनेको बताउनुभयो । ‘म विगत १५ बर्ष देखि जनताको सेवा नै सक्रिय नै छु, यो बिचमा मैलो धेरै जनताको आवश्यकता बुझेको छु ।’ उहाँले भन्नुभयो ।

हामीले चिप्ला भाषणा गरेर होइन, काम गरेर देखाउन आएका हौँ, व्यक्तिगत खर्चबाट समाज सेवा धेरै गरे अब सरकारी तवरबाट सेवा गर्न चहान्छौँ । अहिले सम्म पुगेको पालिकाका प्रत्येक वटामा बाह्रै महिना यातायात सञ्चालन हुने सडक, प्रत्येक टोलमा स्वास्थ्य संस्था निमार्ण गर्ने र हरेक दिन बेरोजगारी विदेशीने युवाहरुको सल्लाह सूझावमा युवालाई स्वरोजगार बनाउनेछु उहाँले भन्नुभयो ।

समाज परिर्वतनको मुख्य कार्य शिक्षा रहेकाले अहिले सरकारी विद्यालयमा विद्यार्थी कम हुने समस्यालाई मध्येनजर गर्दै प्रत्येक विद्यालयलाई स्तरउन्नति गरेर विद्यालयमा विद्यार्थी संख्या बृद्धि गरेर गुणस्तर शिक्षा प्रधान गर्न आफुलाई पालिकामा रुख चिन्हमा मतदान गरेर विजय गराउन अनुरोध गर्नुभयो ।

त्यस्तै अन्नपूर्णको उपाध्यक्षको पदका उम्मेदवार ललिता पुन तिलिजाले पालिकामा रहेका महिलाहरुको सिप तथा क्षमता विकास गरि आत्मनिर्भर बनाउने, स्थानीय उत्पादनलाई प्राथमिकता दिएर महिलाहरुलाई आर्थिक अबस्थामा आत्मनिर्भर बनाउने आफ्नो पहिलो प्रतिबद्धता रहेको बताउनुभयो । हाम्रो समाजमा अझै महिलाहरु आत्मनिर्भर नभएर पछि परेका छन्, उहाँहरुलाई स्थानीय उत्पादनको आधारमा रोजगारी प्रदान गरेर व्यवसायीक बनाउन आफुलाई रुख चिन्हमा मतदान गर्न अन्नपूर्ण गाउँपालिका बासीलाई अपिल गर्नुभयो ।

त्यस्तै उक्त कार्यक्रममा वडा नं. ३ का नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार सरत केसीले दानालाई पर्यटकीय, विकासीत संगै नमुना वडा बनाउन आफु उम्मेदवार भएको बताउनुभयो । वडाबासी सामु यस पटक युवालाई रुख चिन्हमा मतदान गरि युवाको योजनालाई कार्यन्वयन गर्ने अबसर दिनुहुन अनुरोध गर्नुभयो ।

Leave a Reply