नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीले स्थानीय तह निर्वाचनलक्षित घरदैलो तथा चुनावी सभालाई तीव्रता दिएको छ । यसै सिलसिलामा आइतबार हिस्तानको रिम र सोमबार हिस्तानको औलमा चुनावी सभा सम्पन्न गरेको छ ।

चुनाबी सभालाई सम्बोधन गर्दै नेकपा एमाले म्याग्दीका सचिवालय सदस्य खड्ग गिरीले जसको नीति उसैको नेतृत्व स्थापित गर्नका लागि एमालेले जित्नुपर्ने बताए ।

गाउँपालिकाका उम्मेदवारहरु चयन किन गरियो भन्ने सन्दर्भमा बोल्दै गिरीले गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवारहरु बौद्धिक व्यक्तित्व नै छनौट गरिएको बताउँदै उनले अध्यक्ष तथा उपाध्यक्ष दुवैजना स्नातकोत्तर तह उत्तीर्ण गरेका बौद्धिक व्यक्तित्वलाई जनताको माझमा ल्याएको बताए ।

नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीका अध्यक्ष धनकुमार गर्बुजाले नेकपा एमालेले जनताको पक्षमा काम गर्न सक्ने व्यक्तिलाई नै जनताको माझमा ल्याएको बताएका छन् ।

उनले शैक्षिक व्यक्तित्व भरत पुन र सामाजिक क्षेत्रमा लामो समय क्रियाशील दिवा पुनलाई अन्नपूर्ण गाउँपालिकाको सामाजिक एवं शैक्षिक क्षेत्रको सम्मेत उत्थान र विकासमा उत्कृष्ट योगदान दिनका लागि नै आगाडि सारिएकोले उनीहरुलाई जनताले मत दिएर जिताउनुपर्ने बताए ।

वडा अध्यक्ष दिलप्रसाद फगामीको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्षका उम्मेदवार मैलन पुन, दलित महिला सदस्य उम्मेदवार जमुना पौडेलले मन्तव्य राखेका थिए । सिवानीसिं ल्वागुनको सञ्चालनमा हिस्तानको रिम र औलको कार्यक्रम सम्पन्न भएको थियो ।

 

Leave a Reply