नेकपा एमालेले रघुगंगा गाउँपालिका–१, बेगखोलाको बाँदुकमा चुनावी सभा सम्पन्न गरेको छ । रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष उम्मेदवार प्रेमबहादुर कार्कीसहितको टोलीले घरदैलो तथा चुनावी सभा सम्पन्न गरेको हो ।

बाँदुकमा भएको कार्यक्रममा अध्यक्ष कार्कीले जनताको मतसँगै मनको पनि सम्मान गर्ने पार्टी एमाले भएकोले जनताले मत दिनुपर्ने बताए । अध्यक्ष कार्कीले डर, धाक, त्रास नभएर स्वतस्फूर्त रुपमा मतदान गर्ने वातावरण हुने र त्यसमा जनताले स्वतः स्वविवेक प्रयोग गरेर एमालेलाई मत दिनेमा आफू विश्वस्त रहेको बताएका थिए । कार्कीले आफू सबल र समृद्ध गाउँपालिका निर्माणको अभियानमा रहेको बताउँदै सधैँ भ्रष्टाचार अनि अनियमितताको विरुद्धमा रहँदै आएको र त्यसमा सदा कटिबद्ध रहने बताए ।

उपाध्यक्षका उम्मेदवार यामकुमारी गर्बुजाले महिलाहरु सधैँ संख्या पु¥याउनका लागि मात्रै नभएर नेतृत्व लिन पनि सक्षम भएकोले समान सहभागिताका लागि प्रयास गर्ने बताइन् । मानव अधिकारको रक्षा साथै आत्मसम्मानसहित बाँच्ने वातावरण तयार गर्नु स्थानीय तहको मुख्य ध्येय हुनुपर्ने उनको भनाइ छ ।

वडानम्बर १ का अध्यक्षका उम्मेदवार धनबहादुर गर्बुजा, महिला सदस्य प्रेममाया पाईजा लगायतले सभामा मन्तव्य राखेका थिए । वडा कमिटी उपाध्यक्ष चुकबहादुर शेरपुञ्जाले स्वागत गरेको कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन कमिटीका संयोजक एवं रघुगंगा गाउँपालिका कमिटीका सचिव झलक शर्माले गरेका थिए ।

Leave a Reply