नेकपा एमालेले मंगला गाउँपालिका–३ बरंजामा चुनावी सभा सम्पन्न गरेको छ । सभालाई सम्वोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवम् जिल्ला ईन्जार्च भुपेन्द्र थापाले देशमा विकासको मूल फुृटाउने पार्टी नेकपा एमाले भएको बताउनुभयो ।

नेकपा एमालेका केन्द्रिय सदस्य एवम् प्रदेश सभा सदस्य नरदेवि पुनले मंगलाको विकासका लागि पालिका तथा सवै वडाहरुमा एमालेका उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गरि विजयी बनाउन सम्पूर्ण बरंजा बासीहरुलाई अनुरोध गर्नुभयो ।उहाँले जेष्ठ नागरिक, बालबालीका, युवा तथा लक्षित समुदायको सशक्तिकरणका लागि एमालेले प्रभावकारी कार्यक्रमको योजना अघि सारको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका नेता शंकर शेरचन, प्रदेश कमिटी सदस्य भुमेन्द्र बुढाथोकी, अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष यसुदा रोका लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।नेकपा एमालेबाट मंगला गाउँपालिका अध्यक्षका उम्मेदवार सतप्रसाद रोकाले विगत पाँच बर्षमा मंगलाको विकासमा उल्लेखनिय काम भएको बताउनुभयो ।

शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि लगायतका क्षेत्रमा जनभावना अनुसारको काम गरेको बताउनुभयो ।गाउँपालिकाको केन्द्र बाबियाचौर बजार कालेपत्रे, मंगला पार्क निर्माण, झाँक्रीपानी, चिनाकोट, लगायतका पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माण, गाउँपालिका केन्द्रदेखि पाँच वटै वडामा पुग्ने सडक निर्माण तथा स्तरउन्नति गरिएको बताउदै रोकाले युवा, महिला, दलित, जनजाति लगायत पछाडि पारिएका समुदायको विकासमा विशेष योजनाका साथ आफु अध्यक्षको उम्मेदवार बनेको बताउनुभयो ।

हामी सपना होइन योजना लिएर आएका छौँ भन्दै रोकाले जनताको सेवामा समर्पित हुने चाहनालाई पुरा गराउनका लागि सूर्य चिन्हमा मतदान गरि बिजयी बनाउनु अपिल गर्नुभएको छ । पालिका उपाध्यक्षका उम्मेदवार पेमा अधिकारीले राजनीति र समाजसेवामा भएका अनुभवलाई जनताको सेवामा उपयोग गर्ने बताउनुभयो ।

उहाँले महिलाको सशक्तिकरण, गर्भवति तथा सुत्केरी महिलाको उचित हेरचाह, एकल महिलालाई आयआर्जनमूलक सिपको व्यवस्थाा, युवाहरुको क्षमता अभिबृद्धि, विभेदरहित समाज निर्माण, नागरिकको सुरक्षामा विशेष कार्यक्रम लागु गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

मंगला ३ का वडा अध्यक्षका उम्मेदवार कविन्द्र रोका र वडा नं का अध्यक्षका उम्मेदवार लक्ष्मी वुढाथोकी रोकाले वडाको समग्र विकासका लागि आफ्नो उम्मेदवारी भएकाले भोट गरि जिताउन अनुरोध गर्नुभयो । बरंजाको कृषि, पर्यटन, सडक लगायतका विकासका लागि योजना बनाएको त्यही योजना कार्यान्वयनका लागि सवै बरंजाबासीको भोट आवश्यक भएको बताउनुभयो ।

कार्यक्रम नेकपा एकाले ३ नम्वर वडा कमिटी अध्यक्ष कुल बहादुर थापाको अध्यक्षता, ४ का अध्यक्षता र जिल्ला कमिटी सदस्य कलाधर कँडेलको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासंघका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरका थिए । मंगलामा नेकपा एमालेले टोल भेला पाँच वटै वडामा सम्पन्न गरेको छ । पालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सहित वडाका उम्मेदवारले घरदैलो गरि मतदाता भेटघाटलाई तिव्रता दिइरहेका छन । वडा स्तरको भेला भने मंगलबार बरंजाबाट सुरु भएको हो ।

Leave a Reply