नेपाली काँग्रेस र नेकपा माओवादीको गठवन्धनले बेनी नगरपालिका –२ स्थित गौँसरा र फापरखेतमा चुनावी सभा सम्पन्न गरेको छ । काँग्रेसबाट बेनी नगरपालिकाका मेयरका उम्मेदवार चिरञ्जीवि शर्मा र नेकपा माओवादीबाट उपमेयरका उम्मेदवार ज्योति लामिछानेको टिमले बुधबार सो ठाउँमा आमसभा गरेको हो ।

सभालाई नेपाली काँग्रेसका पूर्व उपसभापति माधव रेग्मी, पूर्व सचिव क्या. मिन बहादुर कार्की, नेपाली काँग्रेसका उपसभापति एवम् बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, नेकपा माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज गोविन्द पौडेल, नेपाली काँग्रेसका बेनी नगर सभापति रविन्द्र कार्की लगायतले सम्वोधन गर्नुभएको थियो ।

कार्यक्रममा बेनी नगरपालिका प्रमुखका उम्मेदवार चिरञ्जीवि शर्माले बेनी नगरको मुहार फेर्नलाई आफुले नगर प्रमुखमा उम्मेदवारी दिएको बताउनुभयो । उहाँले नगरभित्रका गाउँका वस्तीहरलाई पनि शहरको अवधारणा अनुसार विकास गर्ने योजना रहेको बताउनुभयो । नागरिकलाई शिक्षा र स्वास्थ्यको पूर्णरुपमा ग्यारेन्टी सहित नगरका सवै वडाहरुमा रहेका विद्यालय तथा स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधार सहितको विकासमा जोड दिने उहाँको भनाई थियो ।

सडकको स्तरउन्नति गरि नगरपालिकाका सवै वडाहरुमा सहज तरिकाले यातायात संचालन गरि नागरिकलाई सुविधा पु¥याउने उहाँको योजना रहेको छ । आफु मेयर भएपछि नगरपालिका भित्र जातिय विभेद अन्त्य गर्ने घोषणा गर्नुभएका शर्माले आफुलाई मतदान गरि बिजयी बनाउनु अनुरोध गर्नुभएको छ ।

त्यस्तै उपप्रमुखका उम्मेदवार माओवादी केन्द्रका ज्योति लामिछानेले सामाजिक विकृति र विसङ्गतिलाई निर्मूल पारी सुन्दर र सभ्य समाज निर्माण गर्ने योजना लिएर आएको बताउनुभयो । उहाँले गरिव, विपन्न, सशक्त, असहाय तथा पछाडि पारिएका बर्गको उत्थान र सशक्तिकरण गर्ने सकेमात्रै नगरले मुहार फेर्न सक्ने भन्दै सोही अनुसारको कार्य सम्पादन गर्नलाई उपमेयरपदमा उम्मेदवारी दिएको बताउनुभयो ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा झिनो मतान्तरले पराजित हुनुभएकी लामिछानेले यसपालि भने नगरबासीको अमुल्य भोट गरि जिताउने विश्वास गर्नुभएको छ । कार्यक्रममा गठवन्धनबाट वडा अध्यक्षका उम्मेदवार नेपाली काँग्रेसका वडा सभापति समेत रहनुभएका याम बहादुर कार्कीले बेनपा –२ को विकासका लागि आफ्नो टिमलाई भोट गरि बिजयी बनाउनु अनुरोध गर्नुभयो ।

उक्त समुहले बेनपा २ को सानालेख र विमिरावोटमा घरदैलो गरि मतदाता भेटघाट गरेको छ । गठवन्धनले बेनी नगरपालिकामा चुनावी प्रचारप्रसार अभियानलाई तिव्रताका साथ संचालन गरिरहेको छ ।

Leave a Reply