---Advertisement---

गठबन्धनका मेयर-उपमेयरको प्रतिबद्धता,‘भकिम्लीलाई कृषि र पर्यटनमा हब बनाउँछौ’

On: May 5, 2022 10:04 PM
Follow Us:

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साझा उमेद्वारले भकिम्लीलाई कृषि र पर्यटको क्षेत्रमा बजेटमा प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

बिहिबार भकिम्लीमा आयोजित सभा तथा घरदैलो कार्यक्रममा मेयरका उमेद्वार काँग्रेसका चिरञ्जिवी शर्माले सुन्तला उत्पादनमा जिल्लामै नमुना भकिम्लीमा अनुदान, औजार तथा कोल्डस्टोर सहितका सुविधा तथा स्वर्गाआश्रम, बेलढुंगाको पर्यटन विकासमा पूर्वाधार विस्तारमा वडाका योजनालाई प्राथमिकता दिने बताउनुभयो ।

‘भकिम्लीका सम्भावनाका बारेमा धेरै जानकारी छ,‘हामी यहाँको माटो सुहाउँदो योजनालाई प्राथमिकता दिन्छौ’ मेयरका प्रत्यासी शर्माले भन्नुभयो । उहाँले भकिम्लीका किसानलाई आधुनिक उपकरण सहित सुन्तला किबी खेती सहित अन्य कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउन गठबन्धको साझा प्रतिबद्धता रहेको बताउनुभयो ।

सोही अवसरमा उपमेयरका उमेद्वार माओवादीका ज्योती लामिछाने पौडेलले सदरमुकाम बेनीबाट भकिम्ली जोड्ने सडक, शिक्षा, स्वास्थ्य सहित सम्रग भकिम्लीको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

वडा सभामा गठबन्धनका नेता तथा वडामा एकल प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष सहितका प्रतिनिधिहरुको उपस्थित रहेको थियो । सभामा भकिम्लीका जनतालाई भुक्काउनरत्नेचौर–भकुण्डे हुँदै भकिम्ली जोड्ने १८ किलोमिटर सडक कालोपत्रे गर्ने भन्दै मुख्य र अति आवश्यक सडकमा बजेट विनियोजनमा बेवास्ता गर्ने गरिएको स्थानीयबासीले आरोप लगाएका थिए ।