---Advertisement---

एमालेको कुहुँमा चुनावी सभा

On: May 6, 2022 11:44 AM
Follow Us:

आसन्न स्थानीय तहको निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रमलाई तिव्रता दिएको नेकपा एमालेले बिहिबार मंगला पालिकाको १ नम्वर वडा कुहुँमा चुनावी सभा सम्पन्न गरेको छ ।

सभालाई सम्वोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवम् गण्डकी प्रदेश सभा सदस्य नरदेवि पुनले जनलहर एमालेको पक्षमा रहेकाले मंगला गाउँपालिकामा फेरी पनि एमालेकै जित हुने दावी गर्नुभएको छ । पालिकाको ५ वटै वडामा जनलहरु एमालेकै पक्षमा रहेकाले बैशाख ३० गतेको चुनावमा पालिका अध्यक्ष, उपाध्यक्ष लगायत सवै वडामा एमालेकै उम्मेदवार विजयी हुने नेता पुनले बताउनुभयो ।एमाले सरकारले केन्द्र, प्रदेश तथा स्थानीय तिनै तहमा जनभावना अनुसारको काम गरेकाले जनताको मनमा बसेको पार्टी एमाले र चुनाव चिन्ह सूर्य भएको उहाँको भनाई थियो ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य पुष्कर विश्वकर्माले मंगला गाउँपालिकालाई नमुना पालिकाको रुपमा विकास गरि समृद्ध बनाउने योजना बोकेर आएका एमालेका उम्मेदवारहरुलाई पालिका तथा वडा तह सम्म नै सूर्य चिन्हमा मतदान गरि विजयी बनाउन सम्पूर्ण कुहुँबासीहरुमा अनुरोध गर्नुभयो ।

उहाँले मंगलामा एमालेको विजयी सुरुवात वडा नम्वर १ बाटै हुने भन्दै कसैको भ्रममा नपरि ढुक्क भएर मतदान गर्न आव्हान गर्नुभयो । पालिका अध्यक्षका उम्मेदवार सतप्रसाद रोकाले विगत ५ बर्षमा समृद्ध मंगला निर्माणका लागि आधार तयार भईसकेकाले अवको ५ बर्षमा मंगलाको मुहार फेरिने बताउनुभयो ।

शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विजुली, कृषि, पर्यटन, लगायतका क्षेत्रमा प्रयाप्त विकास गरि नमुना गाउँपालिका बनाउने योजना रहेको रोकाले बताउनुभयो । उहाँले पर्यटकीय क्षेत्रमा प्रयाप्त पूर्वाधार निर्माण गरि स्थानीयको आयआर्जन वृद्धि गराउने, पाँच वटै वडाको सडक स्तरवृद्धि गरि बाह्रै महिना संचालन गर्न सहज हुने बनाउने, उत्पादन वृद्धि गर्ने, उत्पादनको बजार सुनिस्चित गर्ने युवाहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउने लगायतका योजनालाई अघि सारेको बताउँदै सूर्य चिन्हमा मतदान गरि विजयी बनाउनु अनुरोध गर्नुभयो ।

त्यस्तै उपाध्यक्षका उम्मेदवार पेमा अधिकारीले महिला, दलित, जनजाति, अपांग, अशक्त, असहाय लगायत समाजमा पछाडि पारिएका वर्ग तथा समुदायको उत्थानका लागि काम गर्ने योजना बनाएको बताउनुभयो । अधिकारीले महिलाहरुलाई विभिन्न तालिम, सिप तथा क्षमताको विकास गराई स्वरोजगार बन्न प्रेरित गर्ने कार्यक्रम आफुले बनाएको बताउनुभयो । शासक होइन, जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार एकजित रोका मगरले कुहुँको विकास र समृद्धिका लागि आफु नेतृत्वको समुहलाई सूर्य चिन्हमा मतदान गरि विजयी बनाउन वडाबासीहरुमा अनुरोध गर्नुभयो ।

सभामा नेकपा एमालेका नेता शंकर शेरचन, प्रदेश कमिटी सदस्य भुपेन्द्र बुढाथोकी, मंगला गाउँपालिकाका उपाध्यक्ष सृजना केसी, जिल्ला कमिटी सदस्य बाबुराम आचार्य, शिव विश्वकर्मा, अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष यसुदा रोका, नेकपा एमाले पालिका कमिटी सचिव चिरञ्जीवि शर्मा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

सोही अवसरमा स्थानीय गायक यमन अर्मजा नेपाली काँग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उहाँलाई अध्यक्षका उम्मेदवार रोकाले अविर, खादा र माला लगाएर स्वागत गर्नुभएको थियो । कार्यक्रममा कलाकार दिनेश पुन र मिलन विश्वकर्माले गीत प्रस्तुत गर्नुभएको थियो भने राष्ट्रिय जनसांस्कृतिक महासंघ म्याग्दीका कलाकारहरुबाट आकर्षक नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रम ज्ञानेन्द्र आचार्यको संचालनमा सम्पन्न भएको थियो ।