नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साझा उमेद्वारको टोलीले घाईते महिलाको उद्धार गरेको छ । बेनी नगरपालिका-३, भकिम्लीमा घरदैलो अभियान तथा विभिन्न टोलमा चुनाव प्रचार कार्यक्रममा घरमा काम गदैं गरेको अवस्थामा घाईते एक महिलाको उद्धार गरिएको छ ।

भकिम्लीको छेपारेबाट नेकपा एमालेबाट वडा सदस्य पदका उम्मेदवार अमर बहादुर सुनारकी आमा ससिकला सुनारको प्रचारप्रसारमै गएको बेलामा उद्धार गरी बेनी अस्पतालमा ल्याइएको गठबन्धन प्रचारप्रसार समितिका निर्मल खत्रीले बताए । मेयरका उम्मेदवार सवार गाडीमै राखेर अस्पतालसम्म ल्याइएको उनले बताए ।

उता मेयरका उम्मेदवार शर्माले समाजसेवामा राजनीति नहुने बताउँदै सबै नगरबासीलाई सहज हुने गरी प्राकृतिक विपद्बाट पीडितलाई उद्दार र राहतका लागि कोष स्थापना गर्ने बताए ।

उनले विपन्नलाई बिरामी हुदाँ निशुल्क यातायातको सुविधा सहित उद्दार र राहत वितरणमा सहजता होस् भन्ने उद्देश्यले आपतकालिन कोषबाट समेत नगरबासीको सेवा गर्ने बताए । चुनावी अभियानमा भोटसँगै बस्तीबस्तीबाट सुचनाहरू समेत संकलन गरिरहेको शर्माको भनाई छ । गठबन्धनका साझा उम्मेदवारले घरदैलो सहित चुनावी प्रचारप्रसार अभियानलाई समेत तिब्रता दिएका छन् ।

 

Leave a Reply