म्याग्दीको मालिका गाउँपालिका-२, रूमका तारा रोकाले वडाभित्र लालपूर्जा विहिनलाई एकबर्षभित्र प्रक्रिया पुरा गरी लालपूर्जा वितरण गर्ने बाचा गर्नुभएको छ । सामाजिक तथा विकास निर्माणको क्षेत्रमा सक्रिय रहेका रोकाले मतदातालाई कृषि, पर्यटन, विकास निर्माण सहित सामाजिक एवम् मानवीय सेवामा गर्ने सक्ने काम सहित मतदाताको घरदैलोमा पुगेर मत मागिरहनुभएको छ ।

करिब डेढ दर्जन प्रतिबद्धता सहित चुनावी मैदानमा होमिएका रोकाले एकपटक रूमबासीलाई जनप्रतिनिधिको हैसियतबाट सेवा गर्ने चाहना अनुसार नै निर्वाचनमा होमिएको बताउनुभयो । ‘मैले पाँचबर्ष भित्र गर्न सक्ने प्रतिबद्धता मात्रै जनाएको छु,‘यहाँका जनताले गर्व गर्न लायकको काम गर्छु,‘जनताको शीर उच्च हुने कामलाई सधै प्राथमिकता दिन्छु’ रोकाले भन्नुभयो ।

उहाँले वडाभित्र शिक्षा र स्वास्थ्यमा धेरै समस्या रहेको बताउँदै दुर्गम बस्तीका जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा सहित विद्यालयमा रहेका जनशक्ती अभाव, विपन्नको शिक्षामा देखिएको समस्या समाधानमा समेत सधै प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले गाउँमा रहेको स्लेट ढुङ्गाखानीलाई स्थानीयको आयआर्जनसँग जोड्ने बताउनुभयो । अघिल्लो स्थानीय तहको निर्वाचनमा पराजित भएपनि निरन्तर सामाजको सेवामा तल्लीन रहेका रोकाले पराजित भएपनि जनताको मनमा बस्न सफल भएकाले यसपटक पुनः उम्मेदवार भएको बताउनुभयो ।

नेपाली कांग्रेसका यूवा नेता रोकाले गाउँबाट केन्द्र दरबाङसम्म जोडिएका सबै सडकलाई जोखिम रहित बनाउने गरी मर्मत तथा स्तरोउन्नती गर्ने बताउनुभयो । बैशाख ३० गते रुख चिन्हमा भोट गरि नमुना वडा तथा पालिका निर्माणका लागि तयार गरिएको योजना कार्यान्वयन गर्ने अवसर प्रदान गरिदिन रोकाले मतदाताहरुलाई अनुरोध गरेका छन्

Leave a Reply