????????????????????????????????????

म्याग्दीको मालिकामा गाउँपालिका वडा नम्बर ५ देविस्थानमा कांग्रेसले चुनावी कार्यक्रम गरेको छ । शनिबार देविस्थानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैै कांग्रेस म्याग्दीका पुर्व सभापति तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाँले मालिकाको विकास ,सुशासन र समृद्धीको लागि कांग्रेसका उम्मेद्वारहरुलाई मत दिन आह्वान गर्नुभयो ।

कांग्रेसको नेतृत्वमा देशमा हरेक ठुला परिवर्तन सम्भब भएको बताउँदै उहाँले देशलाई राजनितिक स्थायीत्व प्रदान गर्न ,देशको विकास संगै सुशासन कायम गर्न कांग्रेसका जनप्रतिनिधिले जित्न आवश्यक रहेको दावी गर्नुभयो ।

विपक्ष दलहरुले जनता माझ भ्रम छर्ने काम गरेको बताउँदै गाउँपालिका अध्यक्षका उम्मेद्वार श्रीप्रसाद रोका मगरले पहिलो कार्यकालमा समर्ग विकासको जग बसाल्ने काम भएको उल्लेख गर्दैै आगमी कार्यक्रममा युवाहरुलाई रोजगारी दिने खालका योजना ल्याउने उद्घोष गर्नुभएको छ । अघिल्लो कार्यकालमा समग्र विकासका जग बसाल्ने काम भएकोले आगमी कार्यकालमा ति अधुरा योजनाहरुलाई पुरा गर्ने ,युवाहरुलाई स्वदेशमै बस्ने वातावरण बनाउन, समृद्ध पालिका निर्माणका लागि आफुले उम्मेद्वारी दिएको बताउनुभयो । उहाँले देविस्थानमा यसअघि वडाले विकास र सुशासनमा ठुलो छलाङ मारेको बताउँदै आगमी कार्यकालमा जलविद्युत ,कृषि ,पर्यटन र जडिबुटी क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गाउँपालिकामा भएका हरेक गतिविधिलाई पारदर्शी बनाउने ,सुशासन कायम गर्ने प्रयत्न गरेको गरेको उहाँको भनाई छ ।

गाउँपालिका उपाध्यक्ष उम्मेद्वार पिपला बुढाले आफ्नो कार्यकालमा वडामा समग्र विकासको जग बसाल्ने र सुशासन कायम गर्ने प्रयत्न गरेको बताउनुभयो । उहाँले वडा अध्यक्षको भुमिकामा रहँदा सबै वडाबासीको अपेक्षा,माग र आवश्यकता बुझेर आफुले काम गरेको बताउनुभयो । गाउँपालिकालाई थप विकसित ,सुशासन र समृद्ध बनाउन आफुले उम्मेद्वारी दिएको बताउनुभयो ।

निवर्तमान वडा नम्बर ५ की वडा अध्यक्ष समेत रहनुभएकी उपाध्यक्ष उम्मेद्वार बुढाले गाउँपालिकामा महिलाहरुले पाउने सेवालाई सरल बनाउँदै न्यायीक सेवालाई समेत प्रभावकारी बनाउने उहाँले योजना सुनाउनुभयो । वडा अध्यक्षका उम्मेद्वार मिम पुनले वडाको समग्र विकास, वडाबासीको समस्या ,आवश्यकता बुझेर आफुले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । निवर्तमान वडा सदस्य समेत रहनुभएका वडा अध्यक्षका उम्मेद््वार पुनले वडाले पहिलो कार्यकालमा सडक सञ्जाल विस्तादेखि शिक्षा,स्वास्थ्य ,खानेपानी ,विद्युत लगायत क्षेत्रमा ठुलो उपलब्धी हासिल गरेको बताउँनुभयो ।
वडा इकाई सभापति भकबहादुर घर्ति मगरले स्वागत गर्नुभएको कार्यक्रमको संचालन कांग्रेस प्रदेशसभा खका सचिव हिराबहादुर पुनले गर्नुभएको थियो । शनिबार विहान वडा नम्बर ४ को सिस्नेरीमा पनि कांग्रेसले चुनावी कार्यक्रम सम्पन्न गरेको थियो ।

Leave a Reply