बेनी नगरपालिकाको मतगणनास्थलमा सिसी टिभी क्यामेरा जडान गरिएको छ । बेनी नगरका १० वटै वडाको मत गणना हुने जिल्ला समन्वय समितिको सभाहलभित्र सिसी क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणना स्थलको सुरक्षा व्यवस्थालाई ध्यानमा राखी जिसस आसपासका क्षेत्रमा समेत मतदानको अघिल्लो दिनदेखि नै सुरक्षा ब्यवस्था कडा बनाइने जनाएको छ ।

बैशाख ३० गते मतदान सकिएपछि सोही दिन रातीबाट मतगणना गरिने भएकाले मतदानस्थललाई सुरक्षित बनाउनसिसी टिभी क्यामेरा जडान र प्रतिनिधिले हेर्ने मिल्ने गरी ब्यवस्था मिलाइएको छ।  जिल्लाका सबै स्थानीय तहमा मतगणनास्थलमा आवश्यक तयारी थालिएको छ । मतदानका लागि केही दिन बाँकी रहेपनि मतदान अधिकृत सहितको टोली केन्द्रमा पुग्ने तथा अन्य तयारीमा जुटेको बताइएको छ ।

Leave a Reply