---Advertisement---

मत संकेत गर्न नसक्ने मतदातालाई घरका सदस्यले सहयोग गर्न सक्ने

On: May 8, 2022 10:53 PM
Follow Us:

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न असमर्थ व्यक्तिको घरको परिवारले मत संकेत गर्न सक्ने जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान अधिकृतको रोहवरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्ने व्यवस्था रहेको जानकारी दिएका हुन् ।

“कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणवश आफैं मत संकेत गर्न नसक्ने भई मत संकेत गर्ने काममा सहयोग पुर्याउन मतदान अधिकृतलाई अनुरोध गरेमा मतदाताको कुनै एकाघरको परिवारको सदस्य उसको वारिस नभई सहयोगी मात्र भएको व्यहोरा स्पष्ट हुन सरोकारवालाहरुलाई आयोगले आग्रह गरेको छ,” विज्ञप्तिमा उल्लेख छ ।