बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलहरु निर्वाचन प्रचारप्रसार र घरदैलो अभियानमा छन् । दलका उम्मेदवारहरु घरदैलो अभियान सँगै मतदाता शिक्षा समेत दिइरहेका छन् । निर्वाचनको मिति नजिकिएसँगै म्याग्दीको मालिका गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार श्री प्रसाद रोका र उपाध्यक्ष पदका उम्मेदवार पिपला बुढाले गाउँ गाउँमा चुनावी सभा गर्दै सभामा उपस्थित भएका मतदातालाई मत हाल्न सिकाउदै भोट माग्दै गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा नेताहरु आ–अफ्नो चुनावी एजेन्डा बोकेर जनताको घर दैलोमा प्रचारप्रसारमा केन्द्रित रहेका छन् । अघिल्लो निर्वाचनमा आयोगले पनि मतदाता शिक्षालाई प्राथमिकता दिएको थियो यस पटक नदिएन अध्यक्ष पदका उम्मेदवार रोकाले बताए ।

‘अघिल्लो पटक निकै मत बदर भएको थियो, यस पटक चुनावी एजेण्डा संगै हामीले आफै उम्मेदवारलाई मतदाता शिक्षा सिकाएका छौँ ।’ उनले भने,यसले मत बदर हुने सम्भावना कम हुने देखेका छौँ । त्यस्तै जिल्लामा अन्य उम्मेदवारहरु घरदैलो गर्दा मतदाता शिक्षा सिकाउने गरेका छन् । स्थानीय तहमा दल भन्दा व्यक्त बिशेषले भोट हाल्ने सोच बनाएका मतदातालाई यस्ता मतदाता शिक्षाले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply