शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आयोगले सामाजिक सञ्जालमा उम्मेदवारहरूको फ्यानले कुनै पोस्ट बुस्ट गरेको हुनसक्ने भन्दै मौन अवधि सुरु हुनुअघि नै त्यस्ता पोस्ट हटाउन आग्रह गरेको छ ।

‘मौनअवधि वैशाख २७ गते राति १२ बजेदेखि सुरु हुने उम्मेदवार र उनीहरुको फ्यानहरुको टिकटक, ट्वीटरलगायतको पेजहरूमा स्पोन्सर पोस्ट हुनसक्ने भएकाले सबै उम्मेदवार तथा फ्यानहरुलाई मौन अवधि सुरु हुनअगाडि सामाजिक सञ्जालमा भएका निर्वाचन आचारसंहिता विपरीतका पोस्टहरु हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिन तथा सोको आवश्यक नियमन गर्न आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

Leave a Reply