????????????????????????????????????

म्याग्दीको मालिका गाउँपालिका-२,रुममा नेपाली कांग्रेसले चुनावी आमसभा गरेको छ । सोमबार आयोजित सभामा कम्यूनिष्टले जितेर प्रदेश र संघीय संसदमा पुगेपनि पश्चिम म्याग्दीको विकासमा बजेट विनियोजन गर्न कन्जुसाई गरेको सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले बताउनुभयो ।

????????????????????????????????????

‘आफ्नो गाउँ बाहेक विकासका लागि योजना दिन नसक्ने अवस्थाका प्रतिनिधिहरुबाट अव आश नगर्नु,‘अब जिल्लाभर समानुपाति बजेट विनियोजन सहितको खाका ल्याउँछौ’ सभापति गर्बुजाले भन्नुभयो । गर्बुजाले कांग्रेसको नेतृत्वमा विभिन्न समयमा ठुला परिवर्तनहरु सम्भव भएको बताउँदै राजनितिक स्थायीत्व,दिगो विकास, सुशासन कायम गर्न र समृद्धीको लागि आगमी ३० बैशाखमा हुने निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।

गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार श्रीप्रसाद रोका मगरले पहिलो कार्यकालमा समग्र विकासको जग बसाल्ने र सुशासन कायम गर्ने काम भएको उल्लेख गर्दैै आगमी कार्यक्रममा युवाहरुलाई रोजगारी दिने खालका योजना ल्याउने उद्घोष गर्नुभएको छ ।

२०७४ को निर्वाचनमा सबैको सहयोगले आफु निर्वाचित भएर पाँच बर्षे कार्यकाल सफलता पुर्वक सम्पन्न गर्न सकेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । अघिल्लो कार्यकालमा अधुरा योजनाहरुलाई पुरा गर्ने ,युवाहरुलाई स्वदेशमै बस्ने वातावरण बनाउन, समृद्ध पालिका निर्माणका लागि आफुले उम्मेद्वारी दिएको बताउनुभयो ।

????????????????????????????????????

पाँच वर्षे कार्यकालमा विकासका आधारभुत सुरक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, केन्द्रीय प्रसारण लाइनको विद्युतको पहुँच नपुगेका बस्तीमा स्थानीय उत्पादित लघुजलविद्युतको स्तरोन्नती तथा दुर्गम बस्तीमा सोलार वितरण लगायत सुविधा दिन सकिएको निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहनुभएका अध्यक्षका उम्मेद्वार रोका मगरले बताउनुभयो ।

गाउँपालिकाबाट योजनाहरुको फाइल बोकेर जाँदा प्रदेश मन्त्रालयमा एमालेका सांसदहरुले असहयोग गरेको उहाँँले गुनासो व्यक्त गर्नुभयो ।गाउँपालिका उपाध्यक्ष उम्मेद्वार पिपला बुढाले वडा अध्यक्षको भुमिकामा रहँदा सबै वडाबासीको अपेक्षा,माग र आवश्यकता बुझेर आफुले काम गरेको बताउनुभयो । वडा अध्यक्षका उम्मेद्वार ताराबहादुर रोकाले वडाबासीको सुझाव ,आवश्यकता र समस्या बुझेर आफुले काम गर्ने उद्घोष गर्नुभयो ।

कार्यक्रममा कांगे्रस म्याग्दीका पुर्व सहसभापति नेत्रबहादुर महत,पुर्व प्रवक्ता तथा कांग्रेस नेता अजयमिलन श्रेष्ठले प्रदेशसभा खका सभापति तथा वडा नम्बर १ का वडा अध्यक्ष उम्मेद्वार टंकप्रसाद पुन,मालिका गाउँपालिका निर्वाचन परिचालन समितिका संयोजक मोहन छन्त्याल,कांग्रेस मालिका गाउँपालिकाका कार्यवाहक सभापति विरेन्द्र पुन,महाधिवेशन प्रतिनिधि देबिका बुढा,निर्वाचन परिचालन समिति सदस्य लेकबहादुर पुन,महिला नेतृ बिमला रोका ,सपना रोका मगर ,स्थानीय रबिन्द्र शेरचन,थमबहादुर बिक ,मोहन पुन लगायतले गाउँपालिकाको समग्र विकास गर्न र सुशासन कायम गर्न कांग्रेसका उम्मेद्वारलाई भोट दिएर विजयी गराउन आह्वान गर्नुभयो ।

????????????????????????????????????

निर्वाचन परिचालन समितिका संयोजक छन्त्यालको सभापतित्व र कांग्रेस प्रदेशसभा खका सचिव हिराबहादुर पुनले कार्यक्रमको संचालन गर्नुभएको थियो ।सोमबारदेखि प्रचारप्रसार कार्यक्रम सम्पन्न भएको कांग्रेसले जनाएको छ ।

Leave a Reply