म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका दिलिपकुमार गर्बुजाको प्यानल विजयी भएका छन् ।

३३२ मत ल्याएर दोस्रो कार्यकाल वडा अध्यक्षमा विजयी भएका गर्बुजाका प्रतिस्पर्धी काँग्रेसका भविन्द्र गर्बुजाले २२० मत पाउनुभयो । वडा सदस्यमा एमालेका गोविन चोचाङ्गे, बिर्खबहादुर गर्बुजा, जुनुकुमारी गर्बुजा र शोभा विक निर्वाचित हुनुभएको निर्वाचन अधिकृत जानुका सुवेदीले जानकारी दिनुभयो ।

९९९ मतदाता रहेको दोवामा शुक्रबार भएको निर्वाचनमा ५९९ मत खसेको थियो । दोवाबाट गाउँपालिका अध्यक्षमा एमालेका भरतकुमार पुनलाई ३४१ र काँग्रेसका बलबहादुर फगामीलाई २२१ मत प्राप्त भएको छ ।

उपाध्यक्षमा एमालेकी दिवाकुमारी पुनलाई ३४० र काँग्रेसकी ललिता तिलिजा पुनलाई २२५ मत प्राप्त भएको छ ।

Leave a Reply