म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षमा गठवन्धनका तर्फबाट नेपाली काँग्रेसका प्रेम पुन र उपाध्यक्षमा नेकपा माओवादीका रेशम पुन विजयी हुनुभएको छ ।

अध्यक्षमम प्रेमप्रसाद पुनले ३ हजार १२३ र उपाध्यक्षमा माओवादीका रेशम पुनले २ हजार ८१२ मत ल्याएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत पुर्णबहादुर खत्रीले जानकारी दिनुभएको छ ।

 

नेकपा एमालेबाट अध्यक्षका प्रतिस्पर्धी थमसरा पुनले २ हजार ५ सय ४८ र उपाध्यक्षका प्रतिस्पर्धी प्रगति कार्कीले २ हजार ६ सय १८ मत प्राप्त गर्नुभएको थियो । सात वटा वडा रहेको धवलागिरी गाउँपालिकामा नेपाली कांग्रेसले २, एमालेले ३ र माओवादीले २ वटा वडामा अध्यक्ष जितेका छन् ।

वडा नम्वर १ मा माओवादीका झक छन्त्याल, २ मा एमालेका अकप्रसाद विक, ३ मा कांग्रेसका देवेन्द्र रोका, ४ मा एमालेका यामबहादुर घर्ति, ५ मा कांग्रेसका अमर छन्त्याल, ६ मा एमालेका राजाराम उपाध्याय र ७ मा माओवादीका अशोक खत्री निर्वाचित भएका छन् । १० हजार ९४० मतदाता रहेको धवलागिरीमा ६ हजार ६९४ मत खसेको थियोे ।

Leave a Reply