जिल्ला प्रहरी कार्यालय कास्कीले बैंकको एटीएम मेशिन फोडेर चोरी गर्ने युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका वडा नं. ३ का वर्ष २३ का कृष्णबहादुर विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार साउन २० गते राति ११ बजे पोखरा-१७, विरौटास्थित एनआइसी एशिया बैंकको एटिएम मेशिन फोर्दै गरेको अवस्थामा विक पक्राउ गरेका हुन् ।विक यसअघि माछापुच्छ्रे बैंकको एटीएम मेशिन फाडेर चोरी गरेको र अदालतको फैसला बमोजिम कैद भुक्तान र एक लाख रुपैयाँ जरीवाना बुझाएर छुटेका थिए ।

पक्राउ परेका विकलाई चोरी मुद्धामा कास्की अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

पोखरामा बैंकको एटिएम मेशिन फोड्ने र चोरी गर्ने घटना श्रृङ्खलावद्धरुपमा घटेका छन् । पोखराको अर्घौंचोकस्थित एनएमवि बैंकको एटिएम मेशिन फोडेर १५ लाख रुपैयाँ चोरी गर्ने व्यक्ति अझै पत्ता लाग्न सकेको छैन । त्यसअघि न्यूरोडस्थित एक बैंकको एटिएम मेशिन फोडेर चोरी गर्न खोज्ने व्यक्ति फाउ परेका थिए ।

Leave a Reply