बेनीमा रहेको श्रीकृष्णा गण्डकी ज्येष्ठनागरिक सेवा केन्द्रलाई आर्थिक सहयोग भएको छ । बेनीका चन्द्रप्रसाद श्रेष्ठले ७६औं जन्मोत्सवको अवसरमा आफ्नो उमेरअनुसार सातहजार छ सय रुपैयाँको चेक केन्द्रलाई हस्तान्तरण गरेका हुन् ।
श्रीकृष्णा गण्डकी ज्येष्ठनागरिक सेवा केन्द्रमा ज्येष्ठ नागरिकहरुको जन्मोत्सव मनाउने साथै दिनको समयमा भेला भएर भजनकिर्तन गर्ने समेत गरिन्छ । उक्त कार्य गर्नका लागि सहज होस् भनेर आफ्नो जन्मदिनको अवसरमा श्रेष्ठले आर्थिक सहयोग गरेको बताए । कार्यक्रममा मैना कार्की, देवी केसी, अबिरकुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

कृष्णागण्डकी ज्येष्ठनागरिक सेवा केन्द्रका उपाध्यक्ष नैनकुमार श्रेष्ठको अध्यक्षतामा भएको जन्मोत्सव कार्यक्रमको प्रमुख अतिथि सूर्यनारायण पुरस्कारबाट पुरस्कृत व्यक्तित्व तुलप्रसाद श्रेष्ठ थिएभने कार्यक्रमको सञ्चालन पूर्णबहादुर जिसीले गरेका थिए । जन्मोत्सव कार्यक्रममा ७६औं वर्ष प्रवेश गरेका चन्द्रप्रसाद श्रेष्ठको बारेमा संस्थाका कोषाध्यक्ष रामजीप्रसाद सुवेदीले संक्षिप्त जीवनीको बारेमा चर्चा गरेका थिए ।

Leave a Reply