डेंगुको रोकथाम र आवश्यक उपायहरु अपनाउँदा अपनाउँदै पनि धेरै मानिसहरु संक्रमणको जोखिममा रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साले बताए । डेंगुको उच्चजोखिममा रहेको म्याग्दीमा सावधानी अपनाउन के कस्ता कार्यहरु भइरहेकाछन् त । स्वास्थ्य काार्यालय प्रमुख लम्सालले गरेको कुराकानी ।
म्याग्दीमा अधिल्लो वर्षहरुको तुलनामा किन डेंगी बिरामी?
विगत २ वर्ष म्याग्दीमा डेंगीका बिरामीहरु बढी नै देखिए र नेपालका अरु जिल्लाको तुलनामा डेंगीको महामारी नै भयो यहाँ । त्यो बेला डेंगी रोग नियन्त्रण गर्न व्यापक रुपमा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान संचालन गर्नु का साथै लामखुट्टेबाट बच्ने उपायहरुका बारेमा जनचेतना अभिबृद्वि गर्ने काम गरियो जसले गर्दा म्याग्दी बासीमा डेंगी र यसबाट बच्ने तरिकाबारे जानाकारी भएर नै अहिले कम बिरामी संख्या भएको जस्तो लाग्छ मलाई ।
डेंगु भएको कसरी थाहा पाउने ?
तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नु पर्छ । डेंगु ज्वरो आउदाँ शरिरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ । जुनसुकै उमेर समूहका व्यक्तिलाई संक्रमण हुने डेंगु डिइएन भी–१, डिइएन भी–२, डिइएन भी–३, डिइएन भी–४ गरी चार प्रजातिका हुन्छ । संक्रमणमा कडा ज्वरो आउने, आँखाको गेडी रातो हुने, शरीरमा बिमिरा आउने, आन्तरिक रक्तश्राव हुने, जोर्नी, मांशपेशी दुख्ने, नाक तथा गिजाबाट रगत बग्नेजस्ता लक्षण देखिन्छ।
एउटै मानिसमा डेंगु दोहोरिएमा र समयमै उपचार नभएमा आन्तरिक रक्तश्रावले पनि बिरामीको मृत्यु हुनसक्ने भएपनि यो रोगको संक्रमणबाट हुने मृत्युदर भने कम रहन्छ । डेंगु संक्रमण नभएका लामखुट्टेले टोकेमा भने डेंगु सर्दैन। लामखुट्टेले टोकेको ५ देखि ७ दिनभित्र डेंगु संक्रमण हुन्छ। डेंगु सार्ने लामखुट्टे सफा तथा स्थिर पानीमा बस्ने भएकाले सदरमुकाम बेनीमा यो सर्ने सम्भावना पर्याप्त रहेको छ। डेंगु सार्ने लामखुट्टेको जीवनचक्र नौ दिनमै पूरा हुने भएकाले लार्भा हुर्काउन पर्याप्त समय पाउने भएकाले सरसफाईमा ध्यान दिनुपर्छ ।
डेंगु रोग लाग्नबाट कसरी बच्न सकिन्छ त?
लामखुट्टेको टोकाइबाट संक्रमण फैलिने डेंगुबाट जोगिन दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ । साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।बालबालिका, जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता भएका मानिसहरु शतर्क रहनुपर्छ । बेलैमा उपचार पाए डेंगुबाट मानिसहरुले ज्यान गुमाउनुपर्दैन । चिकित्सक, स्वास्थ्यकर्मीको अनुमति र परार्मशविना औाषधी सेवन गर्न मिल्दैन् ।
यसको छुट्टै औषधी छैन, उपचार पद्धति के छ?
अधिकांशभाईरल रोगहरुको बिशेष उपचार हुदैन । डेंगुरोगको पनिबिशेष औषधीउपचार छैन, लक्षणतथाचिन्हकाआधारमाउपचार गरिन्छजस्तै ज्वरो भएज्वरो कमगर्ने औषधीदिने,दुखाई भएदुखाई कमगर्ने औषधीदिने, रक्तस्रावभएमा रगतदिने, जस्लाई लाक्षणिकउपचार भनिन्छ । बिरामीको अवस्थाकाआधारमाअस्पतालभर्ना गरेर अरु सहयोगीउपचार पद्धतिअपनाउन सकिन्छ । यो रोगको आफ्नै उपचार पद्धति छैन।
डेंगु संक्रमित बिरामीको पनि ट्राभल हिस्ट्री खोज्नुको कारण के होला?
ट्राभलहिस्ट्रीहामीले हाम्रोमा रोगको वितरणको अवस्थापहिचानगर्न खोजिएको हो ताकि डेंगुरोगको भाईरस बाहिरबाट सारेर आउनु भाहो किहाम्रै जिल्लामा छ भन्नेकुरा जान्नकालागिसजिलो होस भनेर। बिरामीबाहिरबाट डेंगुरोगको भाईरस सारेर आउनु भएको भएहामीकमजोखिममाछौ यदियहीको व्यक्तिमायहीबाट नै भाईरस सरेको कारण बिरामीहुनु भएको भएहामीबढीजोखिममाछौ भन्ने कुरा जान्नको लागिपनिट्राभलहिस्ट्री महत्वपूर्ण हुन्छ । अर्को तिर महामारी रोग विज्ञानले पनिमहामारीरोगको अनुसंन्धान र सर्भिलेन्समाट्राभलहिस्ट्रीलाई महत्वपूर्ण मान्दछ।