मनसुनी प्रभाव नसकिएकाले बदली तथा वर्षा जारी नै रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ । यसको प्रभावले हाल प्रदेश १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ।आज बिहान प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ ।

दिउँसोको मौसम भने प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। यसैगरी प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको भनाइ छ ।

आज रातिदेखि भोलिसम्म पनि मौसम बदली नै रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । साथै बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेश प्रदेशका एक(दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

भोलि दशैँ टीको मुख्य दिनमा पनि मौसम बदली नै रहने मशाशाखाको पूर्वानुमान छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा तथा प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ ।

Leave a Reply