अर्घाखाँचीमा दाजु–भाईबीच विवाद हुँदा भाईको मृत्यु भएको छ । वृद्धभत्ता बुझेर घरतर्फ जाँदै गर्दा उनीहरुबीच बाटाेमै झगडा भएको थियाे ।प्रहरीका अनुसार ७४ वर्षीय दाजु हिमबहादुर गमालले विवादका क्रममा ७२ वर्षीय भाइ वीरबहादुर गमाललाई भीरबाट धकेलेर हत्या गरेका हुन् ।

उनीहरु भूमिकास्थान नगरपालिका–१ ढाकावाङका स्थायी बासिन्दा हुन् । सुरुमा लडेर मृत्यु भएको भनिए पनि प्रहरीले अनुसन्धान गर्दा धकेलेर उनका हत्या गरेको प्रहरीले जनाएको छ ।

उनीहरु धारापानीस्थित साइन रेसुंगा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कंदै गर्दा थिए । सोही क्रममा ठूलाखर्क आइपुग्दा बेलुकी करिब ७ बजेको समयमा आर्थिक लेनदेमा झगडा हुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ । हिमबहादुरलाई अर्घाखाँची अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply