प्रतिनिधिसभा सदस्यतर्फ चितवन क्षेत्र नं. २ को मतगणना गर्न १० हजार बाँकी रहँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । रविलाई जित्न प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले २६ हजारभन्दा बढी मत ल्याउन पर्ने भएपछि उनी विजयी भएका हुन् ।

पछिल्ला विवरण अनुसार ७४ हजार मतगणना भइसकेको छ । गणना गर्न बाँकी १० हजार मत मात्र छ । यसका आधारमा रवि फराकिलो मतान्तरले विजयी भएका हुन् । यो क्षेत्रमा ८४ हजार ३१५ मत खसेको मुख्य निर्वाचना अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

थापाका अनुसार श्रेष्ठले १३ हजार ५०३ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का कृष्णभक्त पोख्रेलले १२ हजार ७७० मत प्राप्त गरेका छन् । अन्तिम मतपरिणाम १२ बजेभित्र सार्वजनिक गर्ने थापाले बताए । कर्मचारी व्यवस्थापन र पार्टीका प्रतिनिधिहरूको व्यवस्थापनका कारण आज बिहान केही समय मतगणना ढिलो भएको उनले जानकारी दिए ।

Leave a Reply