देशैभर अवैधानिक रुपमा संचालित क्रसरहरु बन्द गराउन गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेको छ। कानुन तथा मापदण्ड विपरित, दर्ता नै नगरी, नवीकरण नभएका, संचालन अनुमति नै नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन्, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्न गृहले दशैभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशनात्मक पत्र पठाएको छ।

विभिन्न आयोजना, विकास तथा निर्माणको क्रममा सोही आयोजनाको लागि आवश्यक परिणाममा ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमति प्राप्त उद्योग, निर्माण व्यावसायीले आयोजना समाप्त भएपश्चात पनि त्यस्तो उत्खनन् कार्य गरिरहेको भए सो समेत छानबिन गरी तत्काल बन्द गर्न गृहले प्रमुख जिल्ला अधिकारीहरुलाई पत्रमार्फत निर्देशन दिएको छ।

स्थानीय प्रशासन र पालिकासँगको सेटिङमा अवैध रुपमा क्रसर संचालन गरी चुरे तथा चुरे संरक्षित क्षेत्रको खोलानदी दोहन गर्दै आएका क्रसर डनहरुमा गृहको पत्रले हलचल पैदा गरिदिएको छ। अवैध क्रसरको बिगबिगी रहेको मधेस प्रदेशका जिल्लाबासी भने गृहको यो कदमबाट खुशी भएका छन्।

Leave a Reply