सूर्यज्योति लाइफ आइएसओ गुणस्तर चिह्न प्राप्त जीवन बीमा कम्पनी भएको छ। vयुनाइटेड रजिस्ट्रार अफ सिस्टम्सले हालै कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएको निरीक्षण सम्पन्न गरी आइएसओ गुणस्तर मान्यता प्रदान गरेको हो।

कम्पनीले यही जनवरी ४ मा आधिकारिक गुणस्तर चिह्न प्रमाणपत्र प्राप्त गरेको कम्पनीले जनाएको छ। यो गुणस्तर प्रमाण चिह्न पाएपछि आफ्नो कार्यविधि र प्रविधिमा परिमार्जन र थप सुदृढ गर्दै सेवा सुविधामा थप सवल र सहज पार्दै जाने कुरामा विश्वस्त रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताएका छन्।

Leave a Reply