नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। आज तोलामा २ हजार ९०० रुपैयाँले बढेर सुनको भाउले ऐतिहासिक रेकर्ड बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख १० हजार रुपैयाँ तोकिएको छ। यस्तै तेजाबी सुन पनि तोलामा २ हजार ९०० ले बढेर १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।

शुक्रबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ७ हजार १०० रुपैयाँ र तेजावी सुन तोलाको १ लाख ६ हजार ६०० रुपैयाँमा मा कारोबार भएको थियो।

यता तुलनामा आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर तोलाको १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार ५ रुपैयाँले बढेर १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।

यसभन्दा अघि २०७९ माघ १९ गते छापावाला सुन १ लाख ७ हजार ५०० पुगेर नयाँ रेकर्ड बनाएको थियो। सुनचाँदी व्यवसायीहरुले सुनको भाउ अझै वृद्धि हुने आँकलन गरेका छन्।

Leave a Reply