प्रविधिमैत्री शिक्षक समाज नेपाल, गण्डकी प्रदेशले Digital pedagogy for ICT and 21st century skills Integration सम्बन्धी एकदिने कार्यशाला सम्पन्न गरेको छ। उक्त कार्यशालामा विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षकहरू गरी ३० जनाको सहभागिता रहेको थियो ।
शिक्षकहरुको लागि प्रविधिमा पहुँच पुर्याउन र बदलिँदो समय अनि हालै परिवर्तन भएको विद्यालय तहको पाठ्यक्रम मात्र नभएर उच्च शिक्षामा आजको प्रविधिलाई प्रभावकारी सिकाइमा जोड्दै कसरी सिकारु अनुकूल बनाउन सकिन्छ भन्ने विषयवस्तु कार्यशाला प्रस्तुत गरिएको थियो ।
शिक्षकहरुमा सूचना र प्रविधिको पहुँच र त्यसभित्र रहेका नवीनतम आयामहरुको बारेमा गरिएको एक दिने workshop मा त्रिभुवन विश्वविद्यालय /नेपाल खुल्ला विश्वविद्यालयका प्रशिक्षक हरू डा. जीवन खड्का, डा.वेद प्रसाद ढकाल,रोमकान्त पाण्डे, डा.जीवन खनाल, प्रा. डा. तारादत्त भट्ट लगायतले प्रशिक्षण गर्नुभएको थियो। कार्यक्रम मा सहयोगी संस्था 21st CS Nepal, NOU/TU,JAMIK Finland,HAMK Finland का professors Graham Burns , Eila Burns , Seija Koskela , Kirsi Korkealehto , Irmeli Lignell and Simo Uusinokka हरुको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई पोखरा महानगरपालिका ,शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले उद्घाटन गर्दै शिक्षकहरुलाई प्रविधि सम्बन्धी सिप सिकाउने र कक्षाकोठा प्रविधिमैत्री बनाई प्रविधिमैत्री वातावरणमा अध्यापन गराउने विषयमा प्रविधिमैत्री शिक्षक समाजसँग आगामी दिनमा हातेमालो गर्दै जाने कुरा व्यक्त गर्नुभएको थियो।
प्रविधिमैत्री शिक्षक समाज नेपालका महासचिव देवीप्रसाद शर्माले संस्थाको परिचय सहित उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो भने सहभागीहरूको तर्फबाट रोमहरशन पौडेलले आफ्नो भनाइमा यस्ता कार्यक्रम निरन्तर राख्न संस्थालाई सुझाउँदै आफ्नो तर्फबाट पनि सहयोग रहने बताउनुभयो । पोखरास्थित माउन्ट कैलाश रिसोर्टमा सम्पन्न कार्यक्रमको अध्यक्षता प्रविधिमैत्रीमैत्री शिक्षक समाज नेपाल,गण्डकी प्रदेशका अध्यक्ष श्रीकान्त पाैडेलले गर्नु भएको थियो भने सञ्चालन सचिव संविधान लामिछानेले गर्नुभएको थियो

Leave a Reply