बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाको सयुक्त आयोजनामा वडाका सचिव र पञ्जीरकण शाखामा कार्यरत कर्मचारीलाइ सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्वन्धी अभिमुखीकरण कार्यक्रम संंचालन गरिएको छ।

बेनी र अन्नपूर्णस्थित वडासचिव र पञ्जिकरण शाखामा कार्यरत ४० जना कर्मचारीलाई बुधबारसम्म संचालन हुने घटना दर्ता सम्वन्धी अभिमुखीकरण कार्यक्रम मंगलबारदेखि सुरु भएको हो ।

दुई दिनसम्म संचालन हुने अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका कार्यरत शाखा अधिकृत मेघराज शंकर र राजीव राईले सामाजिक सुरक्षा र ब्यक्तिगत घटना दर्ता सम्वन्धी ऐननियम, कानुन र अभिलेखीकरण लगायतको विषयमा अभिमुखीकरण गर्नुहुने नगरका पञ्जीकरण शाखाका शाखा प्रमुख सुदिप खत्रीले बताउनुभयो ।

अभिमुखीकरणको उद्घााटन कार्यक्रममा बेनी नगरपालिका मेयर सुरत केसीले सेवाग्राहीलाई सेवा दिदा देखिएका समस्यालाई समाधान गर्ने किसिमले तालिमबाट स्पष्ट हुन कर्मचारीलाई आग्रह गर्नुभयो ।

उहाँले कानुन अनुसार दिन मिल्ने सेवालाई भनसुनको आधारमा सेवा दिने प्रचलनलाई बन्द गर्नुपर्ने बताउनुभयो ।पछिल्लो समय बैदेशिक रोजगारीले नक्कली कागजपत्र बनाउने क्रमले कानुनमा रहेर कार्यान्वयन गर्दा कर्मचारी फसिने समस्या बढ्दै गएको घटनाहरु मेयर केसीले उल्लेख गर्दै सचेत रहन आग्रह गर्नुभयो ।

त्यस्तै अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतबहादुर पुनले ब्यक्तिगत घटना दर्ता गर्नेक्रममा प्रत्येक दिन सेवाग्राहीमा नयाँनयाँ समस्या देखापरेको बताउनुभयो । उहाँले वडासचिव र पञ्जीकरण शाखाका कर्मचारीलाई स्पष्ट पार्न पञ्जिकरण विभागलाई आग्रह गर्नुभएको थियो । त्यस्तै प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले वडाबाट सेवाँ दिदा स्पष्ट नभएको विषयमा प्रशासन कार्यालय लगायत क्षेत्रमा सोधबुझ गरेर सेवाग्राहीलाई सेवा दिन सुझाव दिनुभएको थियो ।

नगर प्रमुख केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख ज्योती लामिछानेले पनि मन्तव्य राख्नुभएको थियो । प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकाल, नगर सुशासन समितिका संयोजक उत्तम कर्मचार्य लगायतको उपस्थित रहेको कार्यक्रमको संचालन अधिकृत युवराज थापाले गर्नुभएको थियो ।

Leave a Reply