??????????? ?????????? ????????? ????? ?????? ?????????? ???????? ??????????? ????? ?????????????? ? ?????? ??????? ???????????? ????????÷????

राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा पेसमेकर राखिएको छ।

मंगलबार काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पौडेलको मुटुको शल्यक्रियापछि पेसमेकर राखिएको स्रोतले जानकारी दिएको हो।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्रोतले जनाएको छ।

पौडेलको मुटुको धडकन अस्थिर भएपछि गत शनिबार अस्पतालमा भर्ना गरिएको थियो। पेसमेकरले मुटुको चाललाई स्थिर बनाउन सहयोग गर्छ।

यसअघि राष्ट्रपति पौडेलको बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्रमा एनजिओग्राफी गरिएको थियो।

Leave a Reply