नेपालमा अस्पतालमा सुत्केरी गराउनेको संख्या बढ्दै गए पनि स्तनपान गराउनेको संख्या भने घट्दै गएको छ। विशेषगरी सहरी र शिक्षित महिलाले सन्तानलाई पूर्ण रूपमा स्तनपान नगराएको पाएपछि स्वास्थ्य मन्त्रालयले सुत्केरी बिदा ९० दिनबाट बढाएर ६ महिना गर्ने तयारी गरेको छ।
आमाको दूध बच्चाका लागि उत्कृष्ट पौष्टिक आहार मानिन्छ। तर नेपालमा अझै पनि स्वास्थ्यकर्मी, परिवार र स्वयं आमाहरूमै सचेतनाको कमीले स्तनपान दर घट्दै गएको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखा प्रमुख लिलाविक्रम थापाले बताए।
सरकारी तथ्यांकअनुसार ६ महिनासम्म पूर्ण स्तनपान दर क्रमशः घट्दै गएको छ भने शिशु जन्मेको एक घन्टाभित्र स्तापानको दर स्थिर नै छ। मन्त्रालयको परिवारमैत्री नीतिअन्तर्गत नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षण (एनडिएचएस) २०१६ मा एक घन्टाभित्र स्तनपान गराउने दर ५५ प्रतिशत थियो भने सन् २०२२ मा पनि ५५ प्रतिशत नै छ। तर ६ महिनासम्म पूर्ण रूपमा स्तनपान गराउने दर भने सन् २०११ देखि नै क्रमशः घट्दै गएको छ।
नेपालमा अस्पतालमा सुत्केरी गराउनेको संख्या बढ्दै गए पनि स्तनपान गराउनेको संख्या भने घट्दै गएको छ। विशेषगरी सहरी र शिक्षित महिलाले सन्तानलाई पूर्ण रूपमा स्तनपान नगराएको पाएपछि स्वास्थ्य मन्त्रालयले सुत्केरी बिदा ९० दिनबाट बढाएर ६ महिना गर्ने तयारी गरेको छ।
एनडिएचएस २०२२ अनुसार हाल ६ महिनासम्म पूर्ण स्तनपान गराउने दर ५६ प्रतिशत छ। जबकि सन् २०११ मा ७० प्रतिशत थियो। सन् २०१६ को सर्वेक्षणमा यो दर घटेर ६६ प्रतिशत पुगेको थियो। नेपाल मल्टी इन्डिकेटर क्लस्टर सर्वे (नेमिक्स)२०१९ अनुसार नोलमा पूर्ण स्तनपान गराउनेको संख्या ६२ प्रतिशत थियो भने सन् २०२२ मा ५६ प्रतिशतमा कायम भएको तथ्यांक छ।
तर अर्कोतिर स्वास्थ्य संस्थामा हुने प्रसूति भने बढ्दै गएको छ। एनडिएचएस २०२२ को तथ्यांकले ७९ प्रतिशत प्रसूति स्वास्थ्य संस्थामा हुने गरको देखाएको छ भने सन् २०१६ मा ५७ प्रतिशत मात्र थियो। नेमिक्स सर्वेक्षण २०१९ मा भने यो दर ७८ प्रतिशत थियो।
प्रमुख थापाले पोषण शाखाले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन ०७५ मा हाल ९० दिन सुत्केरी बिदाले पूर्ण स्तनपान नपुग्ने भएकाले शाखाले ६ महिना बिदाको प्रस्ताव गरी ऐन संशोधन प्रस्ताव स्वास्थ्य मन्त्रालयमा पठाइसकेको बताए।
‘हाम्रो शाखाले १८० दिनको सुत्केरी विदा स्वीकृतिका लागि ऐन संशोधनको प्रस्ताव मन्त्रालयले अब संसद्मा लाने तयारी गरेको छ,’ प्रमुख थापाले भने, ‘विभिन्न अनुसन्धानले देखाएअनुसार बच्चा जन्मनासाथ हाम्रो समाजका महिलाहरू धर्म, संस्कृति, परम्परा वा जानेर/नजानेर अशिक्षित महिलाले पूर्ण रूपमा स्तनपान गराएको देखाउँछ। तर पढेलेखेका शिक्षित र सहरीया महिलाले स्तनपानको साटो फर्मुला अर्थात् बट्टाको दूधलाई राम्रो मानेर खुवाएको देखिन्छ।
त्यसैले बजारमा उत्पादन गर्ने, बिक्री गर्ने फर्मुला दूधसमेत नियन्त्रण गर्ने योजना रहेको छ।’ उनका अनुसार फर्मुला दूध बिक्री वितरण गराउन स्वास्थ्य संस्थाको स्वास्थ्यकर्मीको ठूलो हात छ। स्वास्थ्य संस्थामा सुत्केरी हुँदा स्वास्थ्यकर्मीले आमाहरूलाई नानीलाई दूध चुसाउन सिकाउनै चाहँदैनन्।सजिलो उपाय खोजेको र स्वास्थ्यकर्मीकै हेलचेक्र्याइँले आमाहरूले नानीलाई स्नतनपान गराउन नसकेको पाइएको उनले बताए।
प्रमुख थापाले पोषण शाखाले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन ०७५ मा हाल ९० दिन सुत्केरी बिदाले पूर्ण स्तनपान नपुग्ने भएकाले शाखाले ६ महिना बिदाको प्रस्ताव गरी ऐन संशोधन प्रस्ताव स्वास्थ्य मन्त्रालयमा पठाइसकेको बताए।
‘स्वास्थ्यकर्मीहरू आफूलाई फाइदा हुने अर्थात् कम्पनीले तालिम, विदेश भ्रमण तथा अन्य सुविधा दिने भएकाले लोभले पनि स्वास्थ्य संस्थामा बच्चा जन्मँदा आमाको दूधलाई प्राथमिकता नदिएको पाइएको छ,’ उनले भने, ‘जबकी आमाको दूध प्रतिस्थापन विक्री वितरण नियन्त्रण ऐन २०४९ मै फर्मुला दूध निषेध गरेको छ। तर कुनै पनि स्वास्थ्यकर्मी वा संस्थाले यसको पालना गरेका छैनन्। यही कारण स्वास्थ्य मत्रालयले आमाको दूध प्रतिस्थापन वस्तु बिक्री वितरण नियन्त्रण गर्न रणनीति बनाएर अगामी वर्षदेखि पूर्ण नियन्त्रण गर्ने मन्त्रालयले काम अघि बढाएको हो। समग्रमा मन्त्रालयले परिवारमैत्री नीति ल्याउँदै छ।’ यसका लागि युनिसेफले प्राविधिक सहयोग गरिरहेको उनले जानकारी दिए।
युनिसेफका अनुसार संसारमा आमाको दूध नै बच्चाका लागि सर्वोत्कृष्ट आहार हो। बुधबार राजधानीमा युनिसेफले आयोजना गरेको एक कार्यक्रममा युनिसेफ नेपालका पोषणविज्ञ फुल्गेन्द्रप्रसाद सिंहले स्तनपान घट्नुमा आमा तथा स्वास्थ्यकर्मी दुवै उत्तिकै दोषी रहेको बताए।
उनले स्वास्थ्य संस्थाहरू विशेष गरी निजी अस्पतालमा शल्यक्रिया बढेको बताए। ‘स्वास्थ्यकर्मीहरू सिजेरियनले बच्चा जन्मेपछि आमाबट छुटाउने गरेको पाइन्छ र बट्टाकै दूध खुवाउनसमेत सुझाव दिने गरेको देखिन्छ। जबकि स्वास्थ्यकर्मीले बच्चालाई जन्मनासाथ आमाको छातीमा राख्नुपर्छ।
यसले बच्चाले आमाकै स्तनपान गर्ने कोसिस गर्नुका साथै बच्चा र आमाको सम्बन्ध पनि गाढा हुन्छ,’ पोषणविज्ञ सिंहले भने, ‘प्रलोभनमा परेर स्वास्थ्यकर्मीले आमालाई स्तनपान गराउन सल्लाह, सुझाव र सहयोग गरेको देखिँदैन। यति मात्र कहाँ हो र हामीले अनुगमनका क्रमममा कतिपय स्वास्थ्यकर्मीले त आमाको दूध नै आएन भनेर बट्टाकै दूधमा बच्चालाई भर पर्नुपर्ने समेत बनाइदिएका छन्। गुनासा परेमा मेडिकल काउन्सिलले समेत यस्ता स्वास्थ्यकर्मीको अनुमतिपत्रसमेत रद्द गर्ने नियमन छ।’
युनिसेफका अनुसार संसारमा आमाको दूध नै बच्चाका लागि सर्वोत्कृष्ट आहार हो। बुधबार राजधानीमा युनिसेफले आयोजना गरेको एक कार्यक्रममा युनिसेफ नेपालका पोषणविज्ञ फुल्गेन्द्रप्रसाद सिंहले स्तनपान घट्नुमा आमा तथा स्वास्थ्यकर्मी दुवै उत्तिकै दोषी रहेको बताए।
उनका अनुसार बच्चा जन्मनसाथ उसलाई ५ देखि ७ एमएल दूध मात्र चाहिन्छ। जुन उसले पहिलो दिनमै आमाको स्तनपानबाटै पाउन सक्छ। दोस्रो दिन १० देखि २० एमएल भए पुग्छ। तर स्वास्थयकर्मीहरूको कमजोरीकै कारण आमाहरूलाई अस्पतालमै दूध आउँदैन भन्ने सन्देश दिइन्छ र बट्टाको दूधमा बच्चालाई निर्भर गरिने गलत विकृति अस्पतालहरूले बढाइरहेकाले युनिसेफको प्राविधिक सहयोगमै मन्त्रालयले यस्ता विकृति नियन्त्रण गर्न ऐन संसोधनको प्रस्ताव अघि बढाएको छ। उनले स्वास्थ्यकर्मीले परिवार र आमालाई स्तनपानबारे उचित परामर्श र जानकारी नदिएका कारण पनि स्तनपान दर घट्दै गएकोमा दुःख व्यक्त गरे। nagariknews.com