म्याग्दीका मोवाईल तथा इलेक्ट्रिक्स ब्यवसायी इश्वर आचार्य नेपाल मोवाइल ब्यवसायी महासंघ गण्डकी प्रदेशको कार्यसमिति सदस्यमा चयन भएका छन् । शुक्रबार गलेश्वरको होटल याकमा आयोजित कार्यक्रममा म्याग्दीबाट महासंघमा प्रतिनिधित्व गर्ने गरी गण्डकी प्रदेश सदस्यमा चयन गरिएको संघमा सचिव बिनोद सुबेदीले जानकारी दिए ।

हुलाकचोक र हस्पिटल चोकमा नमस्ते टे«ड–२ सञ्चालन गरिरहेका आचार्यले मोवाइल तथा इलेक्ट्रिक्स ब्यवसायीको चुनौती तथा भावी योजनाका बारेमा महासंघसम्म पुग्ने बाटो खुलेको बताए । सोही अवसरमा महासंघबाट भएको टोलीलाई जिल्लामा रहेका ब्यवसायीको समस्या तथा विभिन्न विषयमा संघका अध्यक्ष हेमन श्रेष्ठले जानकारी गराएका थिए । यसैबीच म्याग्दी मोवाईल तथा इलेक्ट्रिक्स संघ नेपाल मोवाइल ब्यवसायी महासंघमा आवद्ध भएको छ ।

1 COMMENT

Leave a Reply