म्याग्दी बहुमुखी क्याम्पसमा आइतबार भएको आँखा जाँच शिविरमा २ सय ६३ जनाले उपचार गराएका छन् । विश्व स्वास्थ्य दिवसको अवसरमा म्याग्दी बहुमुखी क्याम्पस, म्याग्दी जेसीजको सह-आयोजना र नेपाल नेत्रज्योती संघ म्याग्दीको प्राविधिक सहयोगमा सम्पन्न भएको शिविरमा आँखा जाँच गरिएकामध्ये २८ जना विद्यार्थीमा दृष्टिदोषको समस्या देखिएको छ ।

दृष्टि दोष (रिफ्राक्टिभ एरर) को समस्या देखिएका विद्यार्थीलाई थप उपचारका लागि नेत्रज्योती संघ र म्याग्दी जेसीजले सहयोग गर्ने म्याग्दी जेसीजका अध्यक्ष दिनेश बानियाँले बताउनुभयो । दृष्टि दोषको उपचार समयमै नगरेको खण्डमा यसका कारण आँखा विग्रने सम्भावना धेरै हुने भएकाले विद्यार्थीलाई समयमै उपचारका लागि अनुरोध गरिएको छ । शिविरमा हिमालय आँखा अस्पतालका नेत्र सहायक सोनी गुरुङ, नेत्र ज्योती संघ म्याग्दीका नेत्र अधिकृत दिनेश बानियाँले आँखा परीक्षण गर्नुभएको थियो ।

म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख गोरखबहादुर जिसीको अध्यक्षता, क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता, स्वागत सहायक क्याम्पस प्रमुख पशुपति ढकाल र सञ्चालन नारायण सुबेदीले गर्नुभएको थियो ।

 

1 COMMENT

  1. समाचारका लागि हार्दिक अाभार ❤️

Leave a Reply