अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

एसइईमा उत्कृष्ट जिपिए ल्याउने अन्नपूर्णका विद्यार्थीलाई नगद सहित सम्मान

On: July 2, 2025 7:08 AM
Follow Us:

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले यस राष्ट्रिय परीक्षा बोर्डले लिएको वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइई) मा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरुलाई नगद सहित सम्मान गरेको छ ।

मंगलबार गाउँपालिका केन्द्र पोखरेबगरमा आयोजित कार्यक्रममा गाउँपालिकाले २०८१ को एसईईमा ३.६० देखि माथि जिपिए ल्याएर उत्तीर्ण हुने तीनजना विद्यार्थीलाई जनही २४ हजार रुपियाँ नगद र प्रमाणपत्रले सम्मान गरिएको हो ।

वडा नम्बर ६ घार स्थित मुक्तिमार्ग माविबाट एसइईमा सहभागी ललिता खड्काले ३.८० जिपिए,वडा नम्बर १ को कैलाश मावि दोबाकी युना राम्जालीले ३.७१ जिपिए र सुजता राम्जालीले ३.६५ जिपिए प्राप्त गरेर उत्तीर्ण भएकाले उहाँहरुलाई सम्मान गरिएको गाउँपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो । गाउँपालिकाले बनाएको कार्यविधि अनुसार उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थी छनौंट गरी सम्मान गरिएको उहाँले जानकारी दिनुभयो ।


गाउँपालिका अध्यक्ष भारतकुमार पुन,उपाध्यक्ष दिवाकुमारी पुन तिलिजा र प्रमुख प्रशासकीय अधिकृत रामप्रशाद शर्मा कँडेल,गाउँपालिकाका सामाजिक विकास संयोजक तथा वडा नम्बर २ का वडाध्यक्ष ओमप्रसाद फगामी लगायतले उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरुलाई नगद सहित सम्मान गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष भारतकुमार पुनले विद्यार्थीलाई हौसला प्रदान गर्न गाउँपालिकाले विगत दुईवर्ष देखि एसइईमा सहभागी भएर उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान गर्ने गरिएको बताउनुभयो । आगामी आर्थिक वर्ष देखि एसइई परीक्षा उत्तीर्ण गरी गाउँपालिकाकै विद्यालयहरुमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुलाई नगद १० हजार र प्राविधिक धारतर्फ भर्ना हुने विद्यार्थीहरुलाई नगद १५ हजार रुपियाँ छात्रवृत्ती प्रदान गर्ने कार्यक्रम राखिएको अध्यक्ष पुनले बताउनुभयो ।

यसैगरी प्रदेश र राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएर उत्कृष्ट खेल प्रदर्शन गरेर पदक प्राप्त गर्ने पाँचजना खेलाडीहरुलाई पनि नगद सहित गाउँपालिकाले सम्मान गरेको शिक्षा अधिकृत कटुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मुक्तिमार्ग मावि घारमा अध्ययनरत उसुका खेलाडीहरु आनन्द बरुवाल,सलिना बरुवाल,विशाल बरुवाल,प्रकृति खड्का र बेबिका बरुवाललाई क्रमशः नगद दशहजार,पाँचहजार र तीनहजारका दरले पुरस्कार र प्रमाणपत्रले सम्मान गरिएको छ । गाउँपालिकाबाट यसवर्ष एकसय २८ जना एसइईमा सहभागी भएकोमा ९२ जना उत्तीर्ण भएको शिक्षा शाखा संयोजक कटुवालले बताउनुभयो । उहाँका अनुसार प्राविधिक धार तर्फ सत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

Leave a Comment