---Advertisement---

म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग

On: October 6, 2025 10:46 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले तीनसय भन्दा बढी पुस्तक सहयोग गरेको छ । बेनीबाट ब्यापार, ब्यवसाय, पेशा र रोजगारको शिलशिलामा राजधानीमा रहेकाहरूको साझा संस्था समाजका पूर्व अध्यक्ष याम श्रेष्ठ, सदस्य महेन्द्र बानियाँले चर्चित लेखकका प्रकाशन, सााहित्यिक, अङ्ग्रेजीसहित विभिन्न विधाका पुस्तक पुस्तकालयका अध्यक्ष अम्बिक श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।

पुस्तक हस्तान्तरण कार्यक्रममा समाजका पूर्व याम अध्यक्ष श्रेष्ठले पुस्तकालयको स्थापना तथा सञ्चालनमा तत्कालिन समयमा खेलेको भूमिकाका बारेमा जानकारी गराउँदै आगामी दिनमा समेत पुस्तकालयलाई नियमित सहयोगको प्रतिबद्धता जनाउनुभयो ।


सोही अवसरमा म्याग्दी पुस्तकालयका अध्यक्ष अम्किब श्रेष्ठले पुस्तकालयमा बजारमा प्रकाशित चर्चित पुस्तकहरुमार्फत पाठकलाई आर्कषित गरिएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले पुस्तकालयमा धार्मिक, कानुन तथा अन्य विभिन्न विधाका पुस्तक थप्ने,संगीत कक्ष, सभाहल सहितका योजना समेत रहेकाले सहयोगको अनुरोध गर्नुभयो । पुस्तक हस्तान्तरणसञ्चालन सचिव नवराज पौडेलले गर्नुभएको कार्यक्रममा उपाध्यक्ष सुमन पौडेल, कोषाध्यक्ष हरिकृष्ण गौतम, सदस्य हरिप्रसाद पौडेल लगायतको उपस्थिती रहेको थियो।

म्याग्दी पुस्तकालय शनिबार तथा सार्वजनिक विदाको दिनमा समेत खुल्ला हुन्छ । पुस्तकालयमा बाल सामग्रीदेखि धार्मिक, साहित्यिक, अङ्ग्रेजी, हिन्दीसहित विभिन्न विधाका पुस्तक राखिएको कक्षबाहेक श्रव्य, दृश्य, सङ्गीत, खेलकूदका सामग्री सहित विभिन्न विधाका ९ हजार बढीको हाराहारीमा पुस्तकहरु छन् ।

Leave a Comment