---Advertisement---

क्षमताभन्दा बढी यात्रु बोकेको बोलेरो दुर्घटना, घाईतेको बेनी अस्यतालमा उपचार हुदैं

On: October 8, 2025 2:20 PM
Follow Us:

क्षमताभन्दा बढी यात्रु बोकेको बलेरो जिप म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ तुसारेपानीमा दुर्घटना भएको छ । रघुगंगा गाउँपालिका–८,बाट क्षमताभन्दा धेरै यात्रु लिएर सदरमुकाम बेनीतर्फ आउदै गरेको ग २ च ५९३० नम्बरको जिप बुधबार दिउँसो सवा १२ ब्रेक फेल भई बलेरो जिप दुर्घटना भएको हो । जीप सडकबाट करिब १ सय १० मिटर तल खसेको बारीमा खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।

बोलेरोमा भित्र र बाहिर गरी १५ जना सवार रहेकोमा घाईतेको प्रादेशिक अस्पताल बेनीमा उपचारका लागि ल्याइएको छ । घाईतेको अवस्था र यात्रुको नाम संकलन गर्ने कार्य भइरहेको छ ।बोलेरो जीप चालक धवलागिरी गाउँपालिका–४ म्याग्दीका ३४ वर्षीय चन्द्रे पुर्जालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार, सवारीको ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको र थप विवरण संकलन भइरहेको छ । बेनी–अर्थुङे सडक हुदै पुलार्चौर, पाखापानीतर्फ चल्ने बोलेरोले क्षमताभन्दा तीन गुणासम्म यात्रु बोक्ने गरेका छन् ।

सदरमुकाम बेनीबजार र ग्रामिण क्षेत्रबाट क्षमताभन्दा धेरै यात्रु बोकेर आवतजावत गर्ने सार्वजनिक सवारीसाधनले महारानी थान, बौद्ध विहार तथा कमलजैशी मन्दिर आसपासका क्षेत्रबाट यात्रुलाई पैदल पठाउने गरेका छन् ।

Leave a Comment