---Advertisement---

नेपाली कांग्रेसका उम्मेदवार भण्डारीले मागे क्यूआरमार्फत सुझाव

On: January 24, 2026 7:32 PM
Follow Us:

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी (केबी) ले आफ्नो चुनावी अभियानलाई जनमुखी, प्रभावकारी र परिणाममुखी बनाउन म्याग्दी जिल्लाका मतदाताबाट सुझाव, सल्लाह संकलन गर्ने उद्देश्यसहित क्यूआर कोड सार्वजनिक गर्नुभएको छ ।

शनिबार आफ्नो सामाजिक सञ्जालबाट म्याग्दी जिल्लाको भविष्य निर्माणाको अभियानमा मतदाता, शुमचिन्तकहरुको सुझवा अमृतसरह हुने भन्दै उम्मेदवार भण्डारीले क्यूआर कोडमार्फत सुझाव, सल्लाहलाई आधार बनाएर चुनावी प्रतिबद्धतासहित घरदैलोमा पुग्ने बताउनुभयो ।

उहाँले मतदातामार्फत प्राप्त सुझावलाई मनन् गर्दै अघि बढन् योजना मुताविक क्यूआर सार्वजनिक गरिएको बताउनुभयो । ‘सुझाव प्रदान गरी समृद्ध र विकसित म्याग्दी बनाउने अभियानमा सहयोग गर्न अपिल गर्दछु, पार्टीले बनाएको प्रतिबद्धता र सुझावलाई आत्मसाथ गरी अघि बढ्नेछु’ उम्मेदवार भण्डारीले भन्नुभयो ।

जिल्लाका सबै स्थानीय तहको वडा तथा बस्तीको सम्भावनालाई पहिचान तथा विकासका साझा गन्तव्य र प्राथमिकता चयन गर्ने योजनामा समेत यो क्यूआर कोडमार्फत प्राप्त हुने सुझावले सहज हुने उम्मेदवार भण्डारीको भनाई छ ।

नेपाली कांग्रेसका उम्मेदवार भण्डारीले शनिबार विहान स्वतन्त्र उम्मेदवार डा. महावीर पुनलाई समेत भेटेर लोकतन्त्रको सुन्दर अभ्यास निर्वाचनलाई भयरहित, शान्त र निस्पक्ष बनाउन सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । म्याग्दीमा स्वतन्त्र सहित १२ जना उम्मेदवार कायम भएका छन्।

Leave a Comment